देविका बन्दना तिजमा ‘छमछम बजाउँदै चुरा’

हिन्दू नारीहरुको महान चाड तिजको अवसर पारेर गीतकार शोभा केसीको ‘छमछम बजाउँदै चुरा’ तीज गीत बजारमा आएको छ । गायिका देविका बन्दनाको स्वरमा रहेको यस गीतलाई सम्राट थापाको संगीत तथा संगीत संयोजन रहेको छ ।

यस गीतका नेपाली चलचित्रकी वरिष्ठ अभिनेत्री शर्मिला मल्लले पहिलोपटक अभिनय गरेकी छन् । मल्लले तीज गीतमा पहिलोपटक यसरी नाचेकी हुन् । सूर्य चन्दले निर्देशन गरेको यस म्यूजिक भिडियोलाई शिव वि.कले कोरियोग्राफी गरेका हुन् । अजय रेग्मीको छायाँकन रहेको यस गीतको म्यूजिक भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका छन् । यस गीतको भिडियोमा शर्मिला मल्ल, सुजना बर्देवा, लक्ष्मी केसी, सोनि काररञ्जित, इन्ता श्रेष्ठ लगायतले अभिनय गरेका छन् । भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।

भिडियोः


ताजा खबर