नेपाली कांग्रेसले महाधिवेशनको तयारी तीव्र पार्ने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारीकाबीच पनि पार्टीको आशन्न महाधिवेशनको तयारीलाई तीव्र पार्ने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीले आशन्न महाधिवेशन, कोरोना महामारीले पुर्‍याउने असरका बारेमा छलफल गर्दै महाधिबेशनको तयारीलाई तीव्र पार्ने निर्णय गरेको हो ।

बैठकमा हाल कायम क्रियाशील सदस्यतामा शतप्रतिशत बढाउनेबारे छलफल भएको थियो ।

बैठकमा पार्टीका भ्रातृसंस्थाहरुको म्याद थप र विस्तार, १३ औं महाधिवेशनको समयमा गठन गरिएको क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन, १४ औं महाविधेशनका लागि गठन गरिने क्रियाशील सदस्यता छानबिन समिति, अन्य दलबाट आएका नेता कार्यकर्ताहरुको समायोजन लगायत विषयमा छलफल भएको प्रवक्ता बिश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

बैठकमा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिले गठन गरेको बिभाग खारेज हुनुपर्ने अडान राख्नुभएको थियो । रासस


ताजा खबर