तीन महिना अगाडि ज्योति विकास बैंकबाट राजीनामा दिएर बाहिरिनुभएका सिए मनोज ज्ञवाली नविल बैंकमा अनुबन्धित हुनुभएको छ।
नविल बैंकले ज्ञवालीलाई नायब महाप्रबन्धकमा भित्र्याएको हो।
चार्टर्ड एकाउन्टेन्ट ज्ञवालीले चिफ फाइनान्स अफिसरको रुपमा आजवाट आफ्नो कार्यभार सम्हाल्नुभएको छ। ज्ञवालीसँग नेपाल राष्ट्र बैंक हुँदै ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल तथा ज्योति विकास बैंकलगायतमा २० वर्षको कार्यानुभव छ।