एसईईको नतिजा प्रकाशन यही हप्ताभित्र

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यही हप्ताभित्र प्रकाशन गर्ने तयारी गरेको छ ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले रिपोर्टर्स नेपाल डटकसमँगको कुराकानीमा भने,‘हामी यही हप्ताभित्रै नतिजा प्रकाशन गर्नेगरि तयारी अगाडि बढाईरहेका छौं । आज विदा दिन पर्यो । भोलि कार्यालय गएर म नतिजा प्रकाशनसम्बन्धी छलफल गर्छु । केही विद्यालयहरुले आन्तरिक मूल्यांकन पठाउँदाखेरि नाम, जन्ममिति र ठेगानाबारे त्रुटि भेटिएको छ, हामीले ती विद्यालयहरुलाई सच्याएर पठाउन भनेका छौं । बरु, एक/दुई दिन ढिला होस, तर विद्यार्थीहरुले दुःख नपाउन भन्ने पक्षमा बोर्ड छ ।’

यो वर्ष एसईई परीक्षा कोरोना संक्रमणको कारण हुन सकेको थिए । परीक्षामा सहभागी हुनको लागि ४ लाख ८२ हजारले फाराम भरेका थिए। Photo: राष्ट्रिय परीक्षा बोर्ड


ताजा खबर