बिसे नगर्चीको सम्झना !

बिसे नगर्चीको शालिक स्थापना गरेको दिनको अवसरमा गोरखामा एक कार्यक्रमको आयोजना गरियो । गोरखा नगरपालिका–६ गितारडाँडास्थित नगर्चीको शालिक राखिएको स्थानमा कार्यक्रम गरिएको हो ।

को हुन बिसे नगर्ची ?

बि.सं. १७७५ सालमा गोरखामा जन्मेका बिसे नगर्ची आर्थिक जोहो गराउन राजा पृथ्वी नारायण शाहलाई सल्लाह दिने व्यक्ति थिए ।

गोरखा दरवारमा नगर्चीको काम गर्ने उनले नेपाल एकीकरणका लागि राजालाई आर्थिक सल्लाह दिने गर्थे । पृथ्वी नारायण शाहका बुवा नरभुपल शाहको पालादेखि नै उनी गोरखा दरवारमा नगर्चीको रुपमा काम गर्थे ।

पृथ्वी नारायण शाहले आफू २१ बर्षको हुदाँ नेपाल एकीकरणको योजना बनाएर नगर्चीसँग केही सल्लाह लिन उनलाई दरवार बोलाए । राज्य एकिकरणका लागि आवश्यक हतियार किन्न पैसाको जोहो कसरी गर्ने भनेर उनी सँग सल्लाह मागे ।

नगर्चीले आफ्नी श्रीमतीलाई घरबाट एक रुपैयाको सिक्का लिएर आउन भने र सोही सिक्का राजाको हातमा थमाइदिए । हतियार खरिदका लागि एक रुपैया दिएर अपमान गरेको भन्दै पृथ्वी नारायण शाह रिसाए । तर नगर्चीले गोरखा जिल्लाभर रहेको १२ सय घरधुरीबाट प्रति घर एक रुपैया संकलन गरे १२ सय हुने र हतियार किन्न पुग्ने सल्लाह दिए ।

नगर्चीको सल्लाह अनुसार पृथ्वी नारायणले पैसा संकलन गरे र बनारस बाट हतियार किनेर ल्याए । अनि बाइसे, चौविसे राज्यमा टुक्रिएको नेपाललाई एकिकरण गर्न लागि परे र सफल पनि भए ।

यसरी नगर्चीलाई दरवारमा बिशेष सल्लाहकारको रुपमा लिइन्थ्यो । दरवारको बिभिन्न महत्वपूर्ण काममा समेत नगर्चीको सल्लाह सुझाव लिने गरिन्थ्यो ।


ताजा खबर