नेकपा माओवादी पुनर्गठन भएको घोषणा

नेपाल कम्युनिष्ट पार्टीमा बिवाद बढीरहेका बेला जनयुद्ध र जनभावनाको मुद्दा सत्तारुढ दल नेकपाले बोक्न नसकेको भन्दै नेकपा माओवादी पुनर्गठन भएको घोषणा गरिएको छ ।

आज रफत संचार क्लवमा पत्रकार सम्मेलन गरी ३१ सदस्यीय केन्द्रिय कमिटी निर्माण भएको घोषणा गरिएको हो ।

नेकपा माओवादी पुनर्गठन भएको घोषण गर्दै नव–गठिन नेकपा माओवादीका अध्यक्ष तथा तत्कालिन माओवादी केन्द्रका सचिवालय सदस्य जुनेल जीपीले हाल सत्तारुढ दल नेकपाले सर्वहारा जनताको मुद्दा स्थापित गर्न नसकेकोले आफूहरु नेकपा माओवादी पुनर्गठन गर्न बाध्य भएको बताउनुभयो ।

देशको निकास र विकासका लागि नेकपाले काम गर्न नसकेकाले आफूहरुले नेकपा माओवादी पुनर्गठन गरेको भन्दै उहाँले भन्नुभयो “नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता रामबहादुर थापा बादलसँग पटक पटक बार्ता गर्दा पनि जनयुद्धका घाइते, अपांग मजदुर किसानको मुद्दालाई बेवास्ता गरेपछि पार्टी पुनर्गठनको घोषणा गरिएको हो ।”

घोषणा सभा कार्यक्रममा नव–गठित नेकपा माओवादीका प्रवक्ता डेनीस सिंहले आर्थिक सामाजिक रुपान्तरण र सर्वाहारा जनताको मागलाई उपेक्षा गरिएपछि आफूहरुले नेकपा माओवादी घोषणा गर्न बाध्य भएको बताउनुभयो ।

उक्त नवगठिन नेकपा माओवादीमा साविक नेकपा माओवादी केन्द्र सँग आवद्ध भएका ३१ सदस्यीय नेताहरुले पार्टी पुर्नगठन गरेका हुन् ।

हालै साविक नेकपा एमाले निर्वाचन आयोगमा दर्ता भएसँगै राष्ट्रिय राजनीतिमा हलचल पैदा भएको थियो ।


ताजा खबर