परिश्रमीको ‘मायाको घरबार’ सार्वजनिक (भिडियोसहित)

गीतकार डीपी दाहाल परिश्रमीले मायाको घरबार नामको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । डिलाइटेड नेपालको प्रस्तुती रहेको गीतमा परिश्रमीले मायाप्रेमको कथा उजागर गरेका छन् ।

मर्मस्पर्शी शब्दका खानी रहेका परिश्रमीले यस गीतमा मायाप्रेममा रहेका युवायुवतीमा उब्जिने मनका कुरादेखि लिएर मायालाई पारिवारिक तहमा कसरी लैजाने भन्ने सम्मका शब्द समेटेका छन् ।

नेपाल आइडलकी नम्बर एक गायीका अस्मिता अधिकारी र पुरुषोत्तम सुवेदीले स्वर दिएको उक्त गीतमा नेपाली चलचित्र क्षेत्रका स्थापित नायक पुष्पन खड्का र नायिका केकी अधिकारीले अभिनय गरेका छन् ।

लोकलयलाई समेटेर बनाइएको यस गीतमा गायक सुवेदीले नै संगीत दिएका छन् ।

ह्वाइट मिडियाको निर्माण संयोजन रहेको भिडियोको सम्पादन एवं निर्देशन शक्तिप्रज्वल घिमिरेले गरेका छन् । त्यस्तै यस म्युजिक भिडियो अर्जुन तिवारीले खिचेका छन् भने प्रवीन थापाले कोरियोग्राफी गरेका छन् ।

उक्त म्युजिक भिडियो डिलाईटेड नेपाल युटुब च्यानलमार्फत् बजारमा ल्याइएको पनि गीतकार परिश्रमीले जनाए ।

 

भिडियो हेर्नुहोस:


ताजा खबर