नेकपाका दुई अध्यक्षबीच छलफल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच तीन घण्टादेखि छलफल जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा अबरुद्ध स्थायी कमिटी बैठक सहमतिमा अन्त्य गर्ने विषयमा छलफल भइरहेको छ । बैठकमा दुई अध्यक्षबाहेक वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ रहनुभएको छ ।

साउन १३ गते स्थायी कमिटी बैठक स्थगित भएपछि दाहालको अध्यक्षतामा पुनः बैठक बसेको थियो ।


ताजा खबर