‘बल्ल बल्ल भेट भो’ मा दयाहाङ राई (भिडियाेसहित)

गायिका दिपा लामा र गायक तेम्बा शेर्पाको आवाजमा रहेको ‘बल्ल बल्ल भेट भो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सो गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ ।

भिडियोमा नायक दयाहाङ राईको साथमा मोडल निरञ्जली लामा, क्षितिज सुवेदीको अभिनय देख्न सकिन्छ । यो भिडियोमा नायक दयाहाङ राइलाई फरक गेटअपमा प्रस्तुत गरिएको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा सुदिप बरालकाे छायांकन रहेकाे छ । ध्रुवराज पराजुलीको सम्पादन रहेको यो भिडियोमा चर्चित निर्देशक मिलन चाम्सको निर्देशन रहेको छ ।

भिडियोः


ताजा खबर