एफ ए कपको उपाधिका लागि चेल्सी र आर्सनल भिड्दै

एफ ए कपको उपाधिका लागि शनिबार लण्डन क्लब चेल्सी र आर्सनल भिड्दैछन् । वेम्वली स्टेडियममा हुने खेल राति सवा १० बजे शुरु हुनेछ ।

आर्सनल लण्डन डर्बीमा चेल्सीलाई निराश बनाउँदै सिजनको सुखद अन्त्य गर्न चाहन्छ । फरवार्ड एलेक्जेन्डर लाकाजेट्टीले समेत खेलाडीले सिजन बचाउन फाईनल खेलमा चेल्सीलाई हराउन चाहेको बताएका छन् ।

आर्सनलले सर्वाधिक १३ पटक एफ ए कपको उपाधि जितेको छ । तर उसले यस सिजन आठौं स्थानमा रहँदै लिगको अन्त्य गर्यो । यसको अर्थ आर्सनलले अर्को सिजन च्याम्पियन्स लिग र युरोपा लिग खेल्न पाउने छैन । सोही कारण अर्को सिजन युरोपा लिग सुरक्षित गर्न आर्सनललाई आज चेल्सीबिरुद्ध जित निकाल्न जरुरी छ ।

आर्सनलका प्रशिक्षक मिकेल अर्टेटा र चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्ड दुवै जना प्रशिक्षकको रुपमा पहिलो उपाधि उचाल्न लालायित छन् । यस्तै, यस सिजन समेत उसले च्याम्पियन्स लिगको सम्भावना बाँकीनै छ । उसले अन्तिम १६ को दोस्रो लेगमा बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्दैछ ।


ताजा खबर