कोरोना परीक्षण अनिवार्य गर्न सिमा क्षेत्रका पालिकालाई स्वास्थ्य मन्त्रालयको आग्रह : ३१५ संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थल मार्ग हुँदै सिमा क्षेत्रमा आउने नेपालीलाई कोरोना परीक्षण गरेपछि मात्रै आ-आफ्नो गन्तव्यमा जान दिन सिमा क्षेत्रका पालिकाहरूलाई आग्रह गरेको छ ।

मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले भारतबाट फर्कने सबै व्यक्तिको स्वाव संकलन गरी नतिजा नआउँदा सम्म स्थानीय क्वारेन्टाईनमा राख्ने व्यवस्था गर्न स्थानीय पालिकाहरूलाई अनुरोध गर्नुभयो ।

प्रवक्ता प्रा.डा. गौतमले स्वस्थ्य कर्मी, सुरक्षा कर्मी, कर्मचारी तथा अन्य जिम्मेवार व्यक्तिहरूले समेत जनस्वास्थ्य सुरक्षाका उपायहरू पालना नगरिएको प्रति मन्त्रालयको ध्यानकर्षण भएको बताउनुभयो ।

प्रवक्ता प्रा.डा. गौतमले हिरासत, कारागार, पूनर्स्थापना केन्द्र, सुधारगृह लगायतका स्थानमा समेत सामाजिक दुरी कायम गर्न र क्षमता भन्दा बढी व्यक्तिहरू नराख्न समेत आग्रह गर्नुभयो ।

मन्त्रालयले दिएको जानकारी अनुसार आज ६ हजार ९ सय ९३ वटा नमूनाको रियल टाईम पिसिआर परीक्षण गर्दा थप ३ सय १५ जनामा संक्रमण पुष्टि भएको छ भने ९३ जना संक्रमण मुक्त भई घर फर्किएका छन् ।


ताजा खबर