राप्रपा नेता सुनिलबहादुर थापा नेपाली कांग्रेस प्रवेश

राप्रपा नेता सुनिलबहादुर थापा नेपाली कांग्रेस प्रवेश

पूर्वमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुनिलबहादुर थापा नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ ।

पार्टी कार्यालय सानेपामा मंगलबार भएको कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले थापासहितका नेताहरुलाई पार्टी प्रवेश गराउनुभयो । थापाले २००८ सालमा आफ्नो परिवार पनि कांग्रेस नै रहेको भन्दै झण्डै ७० वर्षपछि पुरानो पार्टी फर्कन पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा थापासहित राप्रपाका एक दर्जनभन्दा बढी नेताहरु कांग्रेस प्रवेश गर्नुभएको छ ।

पार्टी प्रवेश कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल र विमलेन्द्र निधिले इतिहास बोकेको पार्टी कांग्रेस प्रवेश गर्नुभएकोमा थापासहितका नेताहरुलाई शुभकामना दिनुभयो ।


ताजा खबर