नेकपा स्थायी कमिटी बैठक आज बस्दै

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बस्दै छ । पार्टीभित्रको आन्तरिक विवादका कारण पटक पटक स्थगित बैठक आजका लागि तोकिएको हो ।

गत असार १० गतेबाट सुरु भएको बैठकमा कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचार, सीमा समस्या, सरकार र पार्टीको कामको समिक्षा र एमसीसीबारे छलफल गर्ने एजेण्डा थियो । तर पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको  नेपालले जारी गरेको नक्साको सन्दर्भलाइ भारतसित जोडेर आएको तत्कालिन अभिब्यक्ति पछि आन्तरिक विवाद बढेर बैठक प्रभावित हुँदै आएको छ ।

विवाद समाधानका लागि स्थायी कमिटी बैठकले अध्यक्षद्वयलाइ जिम्मेवारी दिएपनि आजसम्म ठोस सहमति बन्न सकेको छैन । विवाद समाधानका लागि पटक पटक छलफल भएको छ । यसैबीच हिजोपनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशबीच छलफल भएको छ ।


ताजा खबर