अब टिकटकले पनि प्रयोगकर्तालाई पैसा दिने

 टिकटकले प्रयोगकर्तालाई पैसा दिने घोषणा गरेको छ। चिनियाँ भिडियो प्ल्याटफर्म  टिकटक कम्पनीले प्रयोककर्तालाई यस्तो सुविधा दिने घोषणा गरेको हो।

टिकटकले खास गरी नयाँ तथा चर्चित प्रयोगकर्ताहरुलाई  लक्षित गर्दै २० करोड डलर (२४ अर्ब नेपाली रुपैयाँ) बराबरको कोष खडा गर्ने गर्ने तयारी गरेको छ। टिकटक कम्पनीले सो रकम २०२० को अन्तिमतिरबाट प्रयोककर्ताहरुलाई दिन सुरु गर्नेछ।

प्रयोगकर्ताले सो रकम कसरी पाउँछन् भन्नेबारे भने कम्पनीले स्पष्ट खुलाएको छैन। पछिल्लो समय विश्वभर टिकटकको लोकप्रियता बढ्दै गएको छ। चीन-भारतबीच बिबादपछि भारतले भने टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ।

भारतले टिकटक र युसी ब्राउजरलगायत ५९ ओटा चिनियाँ एप्स प्रतिबन्ध लगाएको केही दिनपछि बहुराष्ट्रिय प्रविधि कम्पनी अमेजनले पनि आफ्नो मोबाइलबाट टिकटक एप्स हटाउन कर्मचारीहरूलाई अनुरोध गरेको थियो।

‘सुरक्षा जोखिम’ भएको कारण देखाउँदै अमेजनले मोबाइलबाट टिकटक हटाउन कर्मचारीहरूलाई अनुरोध गरेका विषयमा न्युयोर्क टाइम्सले समाचार प्रकाशन गरेको थियो।


ताजा खबर