तृष्णा गुरुङको नयाँ गीत ‘आघुमै सालै त…’ सार्वजनिक (भिडियो सहित)

लोकप्रिय गायिका तृष्णा गुरुङको नयाँ गीत सार्वजनिक भएको छ। गीतको शब्दले भन्छ ‘आघुमै सालै त भेट हाम्रो होला!’

सारंगीको मधुर धुनसँगै सुरु हुने यो गीतले सँगै हुन नपाएका दुई प्रेमीको मिलन चाँडै हुने आशाको कुरा गर्छ। ‘आघुमै सालै तु कलकली बग्छ आधीँ खोला, कसरी बुझाउने मन मेरो होला’ भन्ने यो गीतमा पुराना क्षणको सम्झना पनि गरिएको छ।

बिजु कर्मचार्यको निर्देशनमा तयार यो गीतमा बिजु र सन्नी सुमनको संगीत छ। शब्द भने तृष्णा आफ्नै छ। गीत तृष्णाको आधिकारिक युट्युबमार्फत शनिबार सार्वजनिक गरिएको हो।

यसअघि तृष्णाको ‘गाइने दाजै,  ‘माया मन भरी’ ‘रेलैमा’ लगायत गीतले राम्रो चर्चा बटुलेको थियो। लोकधुनमा पश्चिमी शैलीको स‌ंगीको फ्युजन हुनु उनका गीतको विशेषता हो। यो नयाँ गीतमा पनि सारंगी र गितारको फ्युजनले गीतलाई मीठो बनाएको छ।

म्युजिक भिडियोः


ताजा खबर