बाँसको टुसा, बोडी, खुर्सानी तथा आँपबाट अचार

स्याङजामा कृषि उत्पादनलाई प्रवद्र्धन गर्न बिभिन्न परियोजनाहरु सञ्चालन भईरहेको छ । पछिल्लो समय अचार तथा सस बनाउने तालिम पाएसँगै स्थानीय महिला स्वरोजगार बन्ने देखिएका छन । लकडाउका कारण चैत्रबाट घरमा बसेका महिलाहरुलाई जिल्लास्थित विभिन्न सस्ंथाले सीपमुलक परियोजना सञ्चालन गर्दै आएको छ । स्थानीय महिला सेवा बहुउदेश्य सहकारी सस्था गल्याङले पनि कृषि उत्पादनलाई प्रोत्सान गर्दै अचार बनाउने तालिम संचालनमा ल्याएको छ ।

स्थानीय उत्पादन बाँसको टुसा, बोडी, खुर्सानी तथा आँपको अचार बनाउँदा स्थानीय कच्चा पदार्थको सदुपयोग भई उनीहरुको आम्दानीमा बृद्धि हुने सहकारीले जनाएको छ । त्यस्ता परियोजनाले अचार आयातलाई प्रतिस्थापन गरी स्थानीय उत्पादनले बजार पाउने तालीमका प्रशिक्षक चन्द्रकला रानाले बताउनुभयो । बिगतका वर्षहरुमा अन्य बिभिन्न किसिमका तालिम दिदै आएपनि यसवर्ष अचार उत्पादन गर्ने तालिमलाई प्राथमिक्ता दिएको संस्थाकी अध्यक्ष ईन्दिरा लुइटेलको भनाई छ ।

भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कालिगण्डकी गाउँपालिकाको ३ लाख ५० हजार आर्थिक सहयोगमा उक्त तालिम संन्चालन गरिएको हो । सोही तालिमले फुर्सदको समयमा घरमा बसेका महिलाले अचार बनाई बिक्री गर्न सक्ने लक्ष्य राखेको स्थानीय महिला झुपा बस्यालले बताउनुभयो । स्थानीय क्षेत्रमा उत्पादित कच्चा वस्तुलाई सदुपयोग गर्नसके स्थानीय नागरिक स्वरोजगार बन्ने अधिकांशको बुझाई छ । गाउँ तथा वस्तीस्तरमा त्यस्ता बिभिन्न सीपमुलक परियोजना लागु गर्नसके साना किसानसमेत लाभान्वित हुने विश्वास छ ।


ताजा खबर