आलुको बजार सहज हुने मुडेका किसानको आशा

मुडेको आलु नामले प्रसिद्धी कमाएको दोलखाको शैलुङ क्षेत्रको आलु उत्पादन यसवर्ष घटेपनि बजारीकरणको लागि भने समस्या नदेखिने भएको छ ।
लकडाउनको कारण शहरी क्षेत्रका सर्वसाधारण गाउ फर्किएपछि कम खपत हुने होकी भन्ने चिन्तामा परेका किसानहरु माग बढेपछि चिन्ता मुक्त बनेका हुन ।
लामो समयदेखी पानी परेका कारण आलुको बोट हौसिएपछि आलुको उत्पादन भने हवातै घटेको हो ।

व्यवसायिक रुपमा आलु खेती गदै आएका शैलुङका किसानहरुले लगातारको वर्षाले १ पाटाबाट २० बोरा आलु उत्पादन गर्ने गरेकोमा यो वर्ष घटेर ३ बोरा मात्र उत्पादन भएको किसानहरुको भनाई छ ।

लकडाउनको कारण भारतबाट आलु आयात कम भएको र महगो भएका कारण मुडको आलुको माग बढेको हो ।
आलुबाट राम्रै मुल्य पाइरहेका किसानहरुको यसवर्ष उत्पादन कम हुन आम्दानी भने घटेको छ ।
लगातारको वर्षाका कारण सोचेजति आलु उत्पादन नभएपनि बजारीकरणको लागी सहजीकरणको काम भने पालिकाले गरिरहेको गाउपालिका अध्यक्ष भरत दुलालले बताउनुभयो ।

गतवर्ष ३० हजार मेट्रिकटन उत्पादित आलु तरकारीबाट ५० करोड भन्दा माथी कारोबार गरेको पालिकाले यस वर्ष कारोबार घटने अनुमान गरेको छ । रासस


ताजा खबर