‘अनलाइन मिडिया र बिज्ञापन एजेन्सीबीच सहकार्य जरुरी छ’

महामारीको रुप लिएको कोरोना भाइरसले नेपाल लगायतका विश्वका अधिकांश देशहरुमा मानवीय तथा आर्थिक क्षति पुर्याएको छ। नेपालले मानवीय क्षति व्यहोर्न  नपरेपनि विश्वका अन्य देशहरुले झैं आर्थिक क्षति तथा मानवीय त्रासको सामना गरिरहेको छ।

बिज्ञापनका स्रोतहरु नै अप्ठारोमा परेको अवस्थामा बिज्ञापन बजारमा पर्ने असर, बिज्ञापनमा निर्भर संचारमाध्यमको चुनौती र जोखिम, बिज्ञापन संघ र संचार माध्यमहरुको सम्बन्धबारे नेपाल बिज्ञापन संघ ‘आन’ का अध्यक्ष रबिन्द्र कुमार रिजाल ‘शशी’ संगको सफल कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौं।

कुराकानीमा अध्यक्ष रिजालले नेपालका संचारमाध्यमले बिज्ञापनको भूमिका बिर्सेको प्रति असन्तुष्टि जनाएका छन्। देश लकडाउनको ४५ औं दिनमा पुग्दा यहाँका उद्योग व्यवसायी प्रभावित भएको र त्यसले बिज्ञापन बजारलाई प्रभाव पारिरहेको अवस्थामा समेत संचार माध्यमहरुले बिज्ञापनको भूमिका के हुने भन्नेबारे कुनै चाँसो नदिएको प्रति उनले असन्तुष्टि व्यक्त गरेका छन्।

कोरोनाले विश्वका अन्य देशहरुमा झैं नेपालमा पनि श्रम बजार, निर्माण, उत्पादन, पर्यटक आगमन, आपूर्तिमा प्रत्यक्ष प्रभाव पारेको छ। कोरोनाले सिर्जना गरेको भौतिक दुरी र लकडाउन कहिलेसम्म लम्बिन्छ  भन्ने अहिले नै यकिन नभएकाले अर्थतन्त्रमा त्यसको प्रभाव कति पर्छ अनुमान गर्न कठिन छ। यद्दपी नेपाल सरकारले करिब ३ खर्ब नोक्सानी हुने आंकलन गरेको छ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि चैत ११ देखि सुरु भएको लकडाउन  बैशाख २६ गतेदेखि काठमाडौंमा लकडाउन केहि खुकुलो गरीयो र साउन ६ गतेदेखी सकिएको अवस्था छ । लकडाउनमा वित्तीय संस्था, औषधि तथा खाद्यान्नसँग सम्बन्धित उद्योग तथा केहि पसलहरु खुलेपनि अन्य व्यवसायिक गतिबिधि अझैं पनि बन्द जस्तै अवस्थामा छन्।

कोरोनाले साना, मझौला तथा ठुला उद्योग व्यवसाय प्रभावित हुँदा बिज्ञापन बजार समेत प्रभावित भएका छन्। बिज्ञापनका स्रोत मानिने उद्योग व्यवसाय आफैं प्रभावित भएपछि बिज्ञापन बजार प्रभावित हुनु स्वाभाविक नै देखिएका छन्। बिज्ञापन बजार प्रभावित बिज्ञापनमा निर्भर संचारमाध्यमको आम्दानी प्रभावित भएका छन्। जसले गर्दा अन्य क्षेत्रमा रोजगारीमा प्रभाव परेझैं पत्रकारहरुको रोजगारी समेत जोखिममा परेको छ।

बिज्ञापन बजार प्रभावित हुँदा देशभर संचालनमा रहेका करिब ९१२ पत्रपत्रिका, ५०० बढी अनलाइन पत्रिका, ७४० बढी एफएम रेडियो, १४५ बढी टेलिभिजन च्यानल को भविष्यबारे प्रश्न उब्जिएका छन्। त्यसो त पछिल्लो समय राष्ट्रिय स्तरका पत्रिकादेखि केहि टेलिभिजन र भब्य देखिने अनलाइन पत्रिकाहरु स्रोत नखुलेका र राजनीतिक दलका नेता तथा पार्टीबाट संचालित छन्। यस्ता संचार माध्यमलाई बिज्ञापन बजार प्रभावित हुँदा फरक नपरे पनि जुन संचार माध्यम विशुद्ध बिज्ञापनबाट चलेका छन् ति मिडियाहरुमा चुनौती थपिएको छ।

बिज्ञापन र संचारमाध्यमको सम्बन्ध नङ र मासुको भन्ने गरीएपनि आफुलाई अहिले त्यस्तो नलागेको भन्दै उनले असन्तुष्टि पोखेका छन्। नेपालका संचार माध्यमले कोरोनाले अन्य क्षेत्र कति प्रभावित भयो भनेर रिपोर्टिंङ  गरिरहँदा बिज्ञापन बजार र संचार माध्यममा कस्तो प्रभाव पर्यो भनेर त्यसको लेखाजोखा नभएको भन्दै उनले असन्तुष्टि जनाएका हुन्।

नेपालका मिडियाले बिज्ञापनको भूमिका र आवश्यकताबारे कुनै प्रश्न नगर्नुले नेपालका संचारमाध्यम बिज्ञापन नचाहिने अवस्थामा पुगेका हुन् कि भन्ने अध्यक्ष रिजालको आशंका गरेका छन्।

बिज्ञापन क्षेत्रको भूमिका मिडियामा के भन्नेबारे संचारमाध्यमले प्रश्न नगरेको भन्दै उनले बिज्ञापन एजेन्सी र मिडियाको सहकार्यमा प्रश्न खडा भएको उनको भनाई छ। भारत, पाकिस्तानमा लकडाउनमा पनि बिज्ञापन बजार वृद्धि भईरहेको बेला नेपालका मिडियाले बिज्ञापन एजेन्सीसँग सहकार्य नगरेकाले कोरोनामा अहिले बिज्ञापन बढाउने अवसर गुमेको उनको भनाई छ। यो बेला बिज्ञापन एजेन्सी र मिडियाले अहिलेको परिस्थितबारे छलफल गर्नुपर्ने भएपनि बिज्ञापनको ८५ प्रतिशत पाउने संचारमाध्यमले बिज्ञापन एजेन्सी नखोजेकोमा उनले तिब्र असन्तुष्टि जनाएका छन्।

बर्षदिनका लागि एकै पटक सम्झौता गरिएकाले बिज्ञापन एजेन्सीसँग अहिलेपनि बिज्ञापनसँग जोडिएका कामहरु रहेकोले एजेन्सीमा त्यति ठुलो प्रभाव नपरेको अध्यक्ष रिजालको दाबि छ। त्यस्तै बिज्ञापनका स्रोतमा समस्या देखिएकाले अबका दिनमा बिज्ञापन बजार जोखिमपूर्ण हुने भन्ने कुरामा आफु सहमत नरहेको उनको भनाई छ। एफएम, अनलाइन र टेलिभिजनका बिज्ञापन निश्चित रहेकाले तुरुन्त यसको प्रभाव नपरेको र बिज्ञापन दाताले पनि अहिलेनै बिज्ञापन रोकी नसकेकाले अहिले पनि बिज्ञापन बजार अप्ठ्यारो अवस्थामा नआएको उनको भनाई छ।

यद्दपी अन्य क्षेत्र प्रभावित हुँदा बिज्ञापन बजार मात्र अछुतो नरहने उनको भनाई छ।  तर प्रभावित हुन्छ भन्दैमा निराशा नै हुनुनपर्ने उनको भनाई छ।  परिस्तिथिसँगै बिज्ञापन बजारमा बिज्ञापनदाता परिवर्तन हुने तर बिज्ञापन बजारनै ठप्प हुने अवस्था नहुने भएकाले बिगतको तुलनामा बिज्ञापन बजार केहि प्रभावित भएपनि पूर्ण रुपमा प्रभावित नहुने उनको दाबि छ।

कोरोनाका कारण पर्यटन, होटल लगायतका क्षेत्रहरु प्रभावित हुँदा बिज्ञापन क्षेत्र भने पूर्ण रुपमा प्रभावित नहुनेमा आफु बिश्वस्त रहेको उनको भनाई छ। कठिन अवस्थामा पनि बैंक वित्तीय संस्था, कर्पोरेट हाउस, उद्योग व्यवसायले आफ्नो बस्तु तथा सेवा बिक्रि गर्नलाई बिज्ञापन गर्नुको विकल्प नरहेकाले बिज्ञापन बजार धेरै प्रभावित नहुने उनको भनाई छ। १० अर्बको व्यवसाय ८ अर्बमा झरेपनि बिज्ञापन बजार भयावह नहुनेमा आफु विश्वस्त रहेको उनको भनाई छ।

नेपाल विकासोन्मुख मुलुक भएकाले नेपालमा काम गर्न बाँकी धेरै हुँदा भोलिका दिनमा पनि व्यवसायिक गतिबिधि तिब्र रुपमा बढ्ने भएकाले बिज्ञापन बजार धरासायी नै हुने अवस्थामा नजाने उनले बताएका छन्।

लकडाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका अनलाइन मिडिया र बिज्ञापन एजेन्सीबीच समन्यव र सहकार्य हुन् नसक्नुमा यसको महत्त्व दुवैले नबुझ्नु रहेको उनको भनाई छ। अनलाइन मिडियाले प्रत्यक्ष बिज्ञापन दातासँग सम्बन्ध बनाएकाले बिगतमा एफएम छुटेजस्तो बिज्ञापन एजेन्सीबाट अहिले अनलाइन छुटेकोमा सहमत जनाउदै यसमा दुवै पक्ष जिम्मेवार रहेको अध्यक्ष रिजालको भनाई छ।

स्थापनाका केहि समय अनलाइन मिडियामा बिकृति बढी भएकाले एजेन्सीले अनलाइन मिडियालाई प्राथमिकतामा नराखेको बताउदै अहिले त्यो अवस्था बदलिएको अध्यक्ष रिजालले बताए। आजका दिनमा आफ्नै एजेन्सीले समेत अनलाइन मिडियालाई पनि प्राथमिकता दिएको बताउदै अब दुवै पक्षले समन्यव गरेर अगाडी बढ्नुको विकल्प नरहेको उनले बताए।

बिगतमा अनलाइन मिडियामा बिज्ञापन गर्दा कम फाइदा हुने देखेका एजेन्सीहरुले पनि अहिले अनलाइन मिडियाको भूमिका र महत्त्व बुझेकाले पछिल्लो समय अनलाइन मिडियासँग एजेन्सीको सम्बन्ध बढेको उनको भनाई छ।


ताजा खबर