व्यावसायिक किबि खेतीबाट मनग्य आम्दानी गर्दै कृषकहरु

पछिल्लो समयमा डडेल्धुराका किसानहरु व्यावसायिक रुपमा किवी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन । केही वर्षअघि तरकारी उत्पादन हुने खेतमा आजभोली कृर्षकहरु किवीबाट मनग्य आम्दानी गर्न थालेका हुन ।

डडेल्धुरामा किवी खेतीका लागि उपयुक्त वातावरण भएकाले कृषक यस व्यावसाय तर्फ आकर्षित हुन थालेका हुन । डडेल्धुराको अमरगढी–२ का हिक्मत खडायतले ९ रोपनी भन्दा बढी जमिनमा किवी खेती गरिरहेका छन ।

किवि भन्दा अघि उनले सुन्तला, जुनार, कागती जस्ता फलफूलको खेती गरेका छन । करीब ५ हजार बोट किवी लगाएका हिक्मतले प्रतीबोट ५ सयका दरले बिक्री गर्ने गरेको बताएका छन ।

‘बजारमा किवीको मूल्य र माग दुवै रहेको छ । किवि रोपेर नै ५ जनाको परिवार पालिरहेको छु उनले भने, ‘बेर्ना हुर्कन कम्तिमा पनि एक–डेढ बर्ष लाग्छ । रोपेको करिब ३ वर्षदेखि ५०–६० वर्षसम्मै किबीले आम्दानी गर्दछ । किवी खेतीबाटै घर खर्च कटाइ बार्षिक २ लाख बचत गर्ने गरेको खडायतले बताउनुभयो ।

किवी खेती गरेमा समय पनि बचत र आम्दानी पनी मनग्य हुने भएपछि आफू पनि यस पेसा तर्फ आकर्षित भएको अमरगढी नगरपालिका–१ का गणेशबहादुर ऐरले बताउनुभयो । सुरुमा ५ लाख लगानी गरेर किवी खेती गरेको उहाले बताउनुभयो ।

छोराछोरीको पढाइ खर्चदेखि लिएर घरपरिवारको जीविकोपार्जन पनि यसै व्यावसायबाट चलाइरहेका बताउँछन । ७ वर्षदेखि उनी किवी खेती गरीरहेका छन । किवी खेती गर्नु भन्दा पहिले आफू भारतमा गएर काम गर्ने गरेको उनको भनाइ छ ।

सुरुमा एक पटक लगानी गरेपछि ४० र ५० वर्षसम्म उत्पादन दिइरहने र बजारको समेत अभाव नहुने भएपछि किसान सो खेतीतर्फ आकर्षित भएको कुषि ज्ञान केन्द्र डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले जानकारी दिनुभयो । रासस


ताजा खबर