डेढ अर्बको लगानीमा आधुनिक गाई फर्म

पर्सा, ठोरी गाउँपालिका वडा न. ५ स्वर्णपूरमा डेढ अर्बको लगानीमा व्यवसायिक रुपमा आधुनिक गाई फर्म संचालनमा आउने भएको छ ।

२ हजार गाई पाल्ने योजनाका साथ १३ विगाह क्षेत्रफलमा निर्माण भइरहेको कृषि फर्म अबको चार महिनामा सञ्चालनमा आउने गरी तयारी गरिएको छ ।

पर्साको पकहामैनपुर गाउँपालिका वडा नं १ धोरेका ४० वर्षिय श्यामबदन यादवले भारतको बैगलोरबाट २००९ मा कम्प्यूटर ईन्जिनियर तथा एमबिए गरेसँगै बैगलोरमा डेढ लाख मासिक तलब छोडेर स्वदेशमै आएका उनले १० वर्ष अघि पर्साको धोरेमा २४ हजार लिटर क्षमताको कलश मिल्क ईण्डिस्टिज प्रालि सञ्चालनमा ल्याएका थिए ।

त्यसपछि उनले पर्साको वीरगञ्जमा २ वटा, बाराको सिमरा, रौतहटको चन्द्रनिगाहपुर, सर्लाहीको लालबन्दी, महोत्तरीको बर्दिबास, मकवानपुरको हेटौडा, चितवनको पर्सा गरी ९ वटा दुधजन्य सामग्री बेच्न डेरी हब प्रा.लि. सञ्चालनमा ल्याएका थिए ।

२० करोडको पूजीबाट गाई फर्म तथा डेरी संचालन गरि रहेका यादवले अहिले पर्साका ९ हजार किसान परिवारलाई अप्रत्यक्ष रुपमा तथा ३ सय युवालाई प्रत्यक्ष रुपमा रोजगारी दिने गरी स्वर्णपुरमा डेढ अर्बको लगानीमा व्यवसायिक गाई फर्म सञ्चालनमा ल्याउन लागेको बताउनुभयो ।

१३ विघा क्षेत्रफलमा फैलिएको गाई फार्ममा ९ विगाहमा गाई फर्म, गोबर ग्याँस प्लान्ट तथा गाईवस्तुको दाना उत्पादन गर्ने प्लान्ट स्थापना गर्ने काम भई रहेको छ भने बाँकी ४ विगाहमा घाँसे मैदान तथा कार्यालय रहने कशल क्याटल फार्मिगका सञ्चालक श्यामबदन यादवले बताउनु भयो ।

१ हजार गाई र १ हजार बाच्छी पाल्ने लक्ष्यका साथ शुरु गरिने फर्मबाट दैनिक ३० हजार टन दुध उत्पादन हुने तथा दैनिक डेढ सय टन गाईवस्तुको दाना उत्पादन एवं गोबर ग्यासबाट ५ सय किलो वाट विजुली उत्पादन गर्ने लक्ष्य आफूले राखेको यादवले बताउनु भयो ।   रासस


ताजा खबर