‘जीवनको दौडधूपमा आफ्नैबारे सोच्न बल्ल समय मिल्यो’ : अमिताभ बच्चन

कोरोनाभाइरस संक्रमित भएपछि सात दिनदेखि मुम्बईस्थित नानावटी अस्पतालमा उपचार गराइरहेका अमिताभ बच्चनको ब्लग सार्वजनिक भएको छ। ब्लगमा उनले जीवनको दौडधूपमा आफूलाई आफ्नैबारे सोच्न बल्ल समय मिलेको उल्लेख गरेका छन्।

आफूले गरेको, भनेको र मानेको विषय के राम्रो थियो र के खराब थियो भन्ने मूल्याङ्कन गर्ने समय मिलेको उनले उल्लेख गरेका छन्। उनले ब्लगमा पिता डा. हरिवंश राय बच्चनका केही पङ्ती पनि उल्लेख गरेका छन्, जसमा जीवनको दौडधूपका कारण समय नमिल्ने कुरा उल्लेख छ।

अमिताभाले लेखेका छन्-

“जीवनको दौडधूपमा कहिले समय मिल्यो, केही बेर कतै बसेर यस्तो सोच्न सकूँ
जे गरेँ, बताएँ र मानेँ, त्यसमा के राम्रो नराम्रो थियो” (हरिवंश राय बच्चन)

अहिले समय मिलिरहेको छ।

… र यो समय मनले घटनालाई शब्दमा उतारिरहेको छ। ती घटना जुन स्पष्ट छन् र जो कोही कल्पना गर्न सक्छ। र तपाईंलाई आश्चर्य लाग्न सक्छ। आश्चर्य यसकारण कि ती कामको परिणाम के भयो ? ती काम अलग ढंगले गर्नुपथ्र्यो वा पर्दैन थियो ? तर तपाईं जति आश्चर्य भए पनि भाग्यको फैसला भाग्यसँगै हुन्छ।

उनले शुक्रबार ट्विट गर्दै आफ्ना शुभचिन्तकलाई धन्यवाद दिएका थिए। उनले छोरा अभिषेक बच्चनसँगको फोटो सेयर गर्दै लेखेका थिए, “खुसीको समय, बिरामी भएको बेला हाम्रो नजिकका मान्छे, शुभचिन्तक, प्रशंसक जसले हामीलाई असाध्यै प्रेम र प्राथना गर्नुभयो। हामी यस अवस्थामा अस्पतालको नियममा रहेर तपाईं सबैलाई हात जाडेर धेरै धेरै आभार प्रगट गर्छु।”

-दैनिक भाष्करबाट अनुवाद सहित साभार 


ताजा खबर