नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित देश

सुष्मिता हत्यामा संलग्न चारैजनालाई पुर्पक्षका लागि जेल चलान

जिल्ला अदालत मकवानपुरले हेटौंडा ४ की सुस्मिता केसी थापा हत्यामा संलग्न चार जनालाई पुर्पक्षको लागि थुनामा राख्न आदेश गरेको छ । बुधबार जिल्ला अदालत मकवानपुरका न्यायाधीस सीता शर्मा अधिकारीको एकल इजलासले सुस्मिताको हत्यामा संलग्न ४ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

मंगलबार थुनछेक बहस सकिएको भएपनि बुधबार आदेश आएको हो । हत्या अभियोगमा पक्राउ परेका सुस्मिताका ससुरा ५८ बर्षीय प्रकाश थापा र नन्द २३ बर्षीया सीता थापा, सासु ५० बर्षीया तुलसा कुमारी थापालाई अर्की नन्द २७ बर्षीया दुर्गा थापालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको जिल्ला अदालतका श्रेस्तेदार तिर्थराज भट्टराईले जानकारी दिनुभयो । गत आइतबार सरकारी वकिलको कार्यालयबाट हत्यामा संलग्न रहेको भन्दै पाँचजना बिरुद्ध अभियोगपत्र दायर भएको थियो । अभियोगपत्रमा ससुरा प्रकाश र नन्द सितालाई आजिवन कैद, ज्वाई अरुण र अर्की छोरी दुर्गालाई २५ वर्ष कैद तथा सासु तुलसालाई साढे १२ वर्ष कैदको माग गर्दै अभियोगपत्र दायर भएको थियो ।

मकवानपुर जिल्ला अदालतले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ सूर्यचोककी सुस्मिता केसी थापाको हत्यारामध्ये एक जनालाई भीमफेदी कारागार र तीन जनालाई चितवनको भरतपुर कारागार पठाउने जनाएको छ । उक्त अदालतले सुस्मिताको नन्द दुर्गा थापा कार्कीको श्रीमान अरुण कार्कीलाई पक्राउ गर्न पक्राउ पुँजी जारी गर्ने भएको छ । उनी फरार छन् । करिब एक बर्ष अगाडि बैवाहिक जीवनमा बाँधिएकी सुष्मिताको असार १ गते मृत अवस्थमा शव घरको भान्छा कोठामा भेटिएको थियो । हत्यामा घरपरिवारका सदस्यहरुको संलग्नता रहेको प्रहरीले पुष्टी गरिसकेको छ । रासस


ताजा खबर