जनसम्पर्क र बीमा ब्यवसायमा

  • सुकल्याण पराजुली

परिचयः

मानव जिवन चारैतर्फबाट जोखिमले घेरिएको छ, उसको जिवनमा कहा र  कहिले कस्तो प्रकारको बिपत्तीसंग सामना गर्नु पर्छ त्यो कसैलाई थाहा छैन । अति सुखी तथा खुशी परिवार प्रमुख व्यक्तिको मृत्यु पश्चात दुःखको सागरमा डुव्न पुग्दछ । ठुला ठुला भवन तथा कलकारखाना निमेष भरमै खरानी पारीदिन्छ ।

बाढी, पहिरो, अतिबृष्टी, अनाबृष्टी, भुकम्प, सुनामी तथा आंतकबादी गतिबिधीका कारण मानव जातिले मानविय तथा भौतिक क्षति बहन गरिरहनु परेको छ । यस्ता बिपत्तीहरु कहिले, कसरी र को माथी आईपर्छ भन्ने कुरा कसैलाई थाहा हुदैन यद्यपी उ जतिसुकै चलाख किन नहोस र बिज्ञानले पनि यसको समाधान गर्न सकेको छैन । उदाहरणनै लिनेहो भने, अति सक्षम दमकल व्यबस्थापनको कारण शहरमा आगलागीनै रोक्न सकिदैन तर आगलागी पश्चातको क्षतिमा कमी ल्याउन मात्र सकिन्छ । यसरी मानविय जिवनमा पर्न आउने जोखिमको कारण उसले आर्थिक हानी नोक्सानी व्योर्हनु पर्दछ । मानविय जिवनमा व्याप्त यिनै जोखिम, अनिश्चितता र आर्थिक हानी नोक्सानीका कारण बीमाको उत्पत्ती भएको मानिन्छ । सामान्यतया बीमाले अनिश्चितताका काराण उत्पन्न आर्थिक हानी नोक्सानीको पूर्ति गर्ने कार्य गर्दछ ।

अतः बीमा जोखिम र आर्थिक क्षति संबन्धि अनिश्चितता बिरुद्ध आएको सिद्धान्त हो, जहा न्यूनतम मापदण्ड पुरागर्नु पर्ने हुन्छ । अर्थात मानविय जिवनमा आईपर्न सक्ने जोखिम, अनिश्चितता तथा क्षतिको सम्भावनालाई व्यबस्थित गर्ने उपायनै बीमा हो । तथापी बीमालाई कार्य संबन्धि धारण (बीमाले जोखिमको लागतलाई त्यस समुहमा बाँड्ढछ जसले गर्दा जोखिमबाट नोकसानीमा परेकाकेही ब्यक्तीहरुलाई भुक्तानी गर्न सकिन्छ) र करार संबन्धि धारण (बीमा दुई पक्षहरुको बिच गरिएको एक करार हो, जसमा एक पक्षले निश्चित बीमा शुल्कको बदलामा अर्को पक्षको विशिष्ट जोखिमलाई ग्रहण गर्दछ र भबिष्यमा कुनै उल्लेखित घटना घटेमा उसलाई एक निश्चित रकम दिने वा क्षतिपूर्ती गर्ने वचन दिएको हुन्छ)  बाट बिभिन्न बिद्धानहरुले परिभाषित गरेको पाईन्छ ।

जनसम्पर्कः

मानिस एक सामाजिक प्राणि हो, उ एक्लै बस्न सक्दैन र स्वाभावलेनै एक अर्कोको स्वभाव, आनी बानी र धारणा जान्न चाहान्छ । यो प्रकृया मानव सभ्यताको शुरुवात देखिनै भएको मानिन्छ, जस अनुसार उ कसैको नजिक वा टाढा हुन सक्दछ । प्राचिन कालमा राजाहरुले जनताको धारणा बुझ्न आफै भेष बदलेर हिडेको र बर्तमान समयमा बिभिन्न गुप्तचर संयन्त्रको प्रयोग भएको हामी देख्न र सुन्न पाउछौ ।

समाजमा रहेको बिभिन्न प्रकारका ब्यक्ती, समाजिक संध संस्था तथा ब्यबसायिक घरानाहरु संग स्थापित गरिने सुमधुर संबन्धलाई जनसम्पर्क भनिन्छ । अर्को शब्दमा भन्ने हो भने, आफ्नो समुह र दोश्रो समुह बिच सुसम्बन्ध वा समझदारी कायम गर्ने कला वा विज्ञान नै जन सम्पर्क हो ।

ब्याबसायिक संस्था भित्र र बाहिरका विभिन्न ब्यक्तीहरु बिच समधुर संबन्ध राख्न गरिने दोहोरो संचार लाई जन सम्पर्क (Public Relation) को रुपमा बुझिन्छ ।

जन सम्पर्क एक प्रकारको संचार हतियार हो जसले सांगठानिक प्रतिष्ठासंग सरोकार राख्दै, संस्थाको निती, उद्धधेश्य र कार्यक्रमहरु लक्षित बर्ग लाई जानकारी गराई उनीहरुलाई आफु प्रती आकर्षण गर्ने काम गर्दछ । जन सम्पर्कले उपभोक्ता तथा ग्राहकको धारणामा बिकास तथा परिवर्तन ल्याई उत्पादक संस्थाको प्रतिष्ठा बढाउदछ । जन सम्पर्कका अभ्यासकर्ताहरु आफ्ना ग्राहकहरुको रुची तथा धारणाको परिक्षण गर्दै आफ्ना बस्तु तथा सेवा तिनीहरु सम्म पुर्याउने कार्यक्रम निर्माण गर्दछन । फलस्वरुप ब्यबसायमा अपेक्षित सफलता प्राप्त हुन्छ । ब्यक्ति बिषेश, प्रेस नोट, ब्रोसर, प्रत्र प्रत्रिका, अडियो/भिडियो, बिज्ञापन तथा वेभसाईट आदी जनसम्पर्कका माध्यमहरु हुन ।

“जनसम्पर्क भन्नाले कुनै संघसंस्था वा निकायले आफु स्वयं भित्र र आफ्नो बिषेश ग्राहक वा लक्षित सर्वसाधारण बिच दोहोरो संचारको प्रकृयाद्धारा सद्भभावना र समझदारी सृजना गर्नु वा त्यसका लागी उचित बातावरण तयार गर्नु भन्ने बुझिन्छ ।“ —————————————–  संचारकर्मी लाल देउसा राई ।

जनसम्पर्कका आधारभुत तत्वहरूः

  • संचारको रुपमा जन सम्पर्क
  • सामाजिक चिन्तनको रुपमा जन सम्पर्क
  • निति कार्यान्वयन त परिणामको रुपमा जन सम्पर्क
  • ब्यबस्थापन दर्शनको रुपमा जन सम्पर्क

जनसम्पर्कका कार्यहरूः

जनसम्पर्क एक प्रकारको कला हो, जसले बस्तु उत्पादक र उपभोक्ता बिच गहिरो सहानुभिती र संबन्ध स्थापित गर्छ । मानिसमा बस्तु तथा सेवाका बारेमा रहेको नकारात्मक सोचाईलाई सकारात्क बनाई बस्तु तथा सेवा उपयोग गर्नका लागी अग्रसर गराउदछ । सामान्यतया जनसम्पर्कका कार्यहरु देहाय बमोजिम रहेका छन ।

  • बस्तु तथा सेवाका संबन्धमा मानिसमा पर्न गएको गलत धारणा हटाउनु ।
  • आपसी असमझदार त्यागी समझदारी र मित्रतापूर्ण भावनाको बिकास गरी दिर्धकालिन संबन।ध स्थापना गर्छ ।
  • ब्यक्ती तथा लक्षित समुहलाई सहि दिशातर्फ उन्मुख गरी आफ्नो पक्षमा ल्याउन आकर्षण गर्छ ।
  • ब्यवसायिक वा उत्पादकले आफ्नो उत्पादनमा भएको कमि कमजोरी पत्ता लगाउने तथा तिनीहरुबाट सुझाब लिई आबश्यक सुधार गर्न सक्दछ ।
  • मानिसमा चाख जगाउने, दच्चिएकालाई पून आफ्नो बनाउने, ज्ञान नभएकालाई ज्ञानी बनाउने, नकारात्मक स्थितिलाई सकारात्मक बनाउने कार्य पनी जनसम्पर्क भित्र पर्छ ।

जनसम्पर्कको भुमिकाः

जनसम्पर्कको मुख्य उद्धेश्य संगठन र जनसाधारण बिच समधुर संबन्ध कायम गर्नु नै हो । संगठन भित्र र बाहिर सबैसंग आत्मियता बढाउदै बस्तु तथा सेवाका बारेमा सकारात्मक सोच जागृत गराउनुमा जनसम्पर्कको भुमिका अहंम हुन्छ । कुनै पनी संस्थाले आफ्नो उत्पादन तथा सेवाका बारेमा प्रचार प्रसारका बिभिन्न माध्यमहरु (बिज्ञापन, प्रदर्शनी, भिडियो फिल्म) बाट सर्वसाधारणमा जानकारी दिन सक्छ । संगठन र जनता बिच अत्याधिक मात्रामा संचार हुने बातावरण पनी जनसम्पर्कको बिकासबाटै भएको हो, तर जनसम्पर्कको प्रकृयाले त्यो बेला मात्र प्रभावकारीता प्राप्त गर्छ जुन बेला प्रभावकारी संचार माध्यमको प्रयोग भएको हुन्छ ।

जनसम्पर्कले…

  • बस्तु तथा सेवा प्रतीको बिद्यमान सोच लाई सकारात्मक सोचमा परिवर्तन गर्छ ।
  • बस्तु तथा सेवा प्रती ब्यक्तिगत सहानुभूति जागृत गराउदछ ।
  • मानिसहरुबाट जनबिश्वास प्राप्त गरी आत्मियता बढाउदै समुहमा चित परिचित हुने बातावरण सृजना गर्छ ।
  • बस्तु तथा सेवाको बिक्री हुने बातावरण सृजना गर्छ ।
  • संगठन वा बस्तु तथा सेवा प्रतीको नकारात्मक धारणा लाई परिवर्तन गर्छ ।
  • नकारात्मक प्रचार – प्रसारको खण्डन गर्छ ।
  • उत्पादन र संस्थाको छवी उच्च गर्दै प्रतिष्ठा आर्जन गर्छ ।
  • संगठन र जनता बिच समधुर संबन्ध कायम गर्छ ।
  • बिचार, सिध्दान्त वा धारणाको प्रचार गरी आफ्नो पक्षमा जनमत सृजना गर्छ ।

जनसम्पर्कको ढाँचाहरू (Models of PR):

  • प्रेस एजेण्ट वा पब्लिसिटी मोडल (Press Agent of Publicity Model): एकोहोरो बिधी
  • पब्लिक इन्फरमेसन मोडल (Public Information Model): यो पनी एकोहोरो बिधी
  • दोहोरो संचार (Two Way Communication): संचार र अनुसंधान बिधीको प्रयोग गरी द्धन्द्ध ब्यबस्थापन र सबन्ध अभिबृर्दीका लागी काम गर्छ ।

बीमा ब्यबसायमा जनसम्पर्क

बीमाले के बिक्री गर्छ, कसरी बिक्री गर्छ भन्नेमा जनसम्पर्कले स्पष्ट पार्छ । बीमामा बिक्रय कला के हो र यसले कसरी काम गर्छ र जनसम्पर्क बिक्रय कलाको एक सुन्दर पक्ष हो भन्नेमा दिशा निर्दैश गर्छ ।

जनसम्पर्क कसरी गर्ने ?

  • बसको कुन सिटमा बस्ने ? अनौपचारिक जनसम्पर्क यसले मानिसको व्यक्तित्व तर्फ आकर्षित गर्छ ।
  • बिहेकोलागी केटा केटी कसरी खोज्ने ? अनौपचारिक जनसम्पर्क यसले समाजमा सुचनाको सम्प्रेषण गर्छ ।
  • बिज्ञापन, प्रेस बिज्ञप्ती, भिडियो फुटेज आदी बाट जनसम्पर्क हुने भए पनि बीमामा प्रत्यक्ष र दोहोरो  तथा औपचारिक जनसम्पर्क बढी प्रभावकारी हुन्छ ।
  • बीमा (जिवन तथा निर्जिवन) मा औपचारिक र अनौपचारिक दुवै प्रकारका जनसम्पर्क बिधी अबस्था हेरेर प्रयोग गर्न सकिन्छ । मुख्य रुपमा तलका केही तरिकाहरुलाई प्रयोग गरेर अगाडी बढ्दा अपेक्षित नतिजा प्राप्त हुनेछ ।
  • बिहे, मलामी, जन्ती तथा सामाजिक कार्यमा भेटधाट बढाउनुहोस
  • सामाजिक संजालमा बधाई, शुभकामना, समबेदना तथा श्रर्दान्ञ्जली दिदै आफ्नो उपस्थिती बनाउनुहोस
  • पिकनिक, भोज तथा सामुहिक उपस्थिती हुने स्थानमा सबैलाई ध्यान दिदै अभिबादन गर्नुहोस
  • अन्य भन्दा पृथक बन्नुहोस — बस्तु तथा सेवाको बारेमा स्पष्ट ज्ञान राख्नुहोस
  • बस, सभा हल तथा खानाको लाईनमा हुनुहुन्छ भने आदरणियलाई सिट वा पालो छोड्नुहोस
  • फकाउन सके जे पनी पाईन्छ भन्ने कुरा कहिल्यै नभुल्नु ।
  • सिष्टताको प्रयोगमा पछाडी नपर्नुहोस,
  • तुलना होईन क्षमता बिकास गर्नुहोस,
  • सुचना सयन्त्र भित्रै बस्नुहोस ।

लेखक पराजुली बीमा परामर्शदाता हुनुहुन्छ।


ताजा खबर