साउन १ गतेदेखी उपत्यकामा साझा यातायात चल्ने

सरकारी स्वामित्व रहेको साझा यातायातले साउन १ गतेदेखी उपत्यकामा सार्वजनिक यातायात चलाउने भएको छ ।

काठमाडौं उपत्यकामा रुट परमिट पाएका ठाउंमा आवश्यक सुरक्षाका उपाए अपनाउंदै २६ वटा बसहरु सञ्चालनमा ल्याईने साझा यातायात सहकारी संस्था लिमिटेडका निमत्त प्रमुख कार्यकारी अधिकृत महेन्द्र राज पाण्डेले जानकारी दिनुभयो ।

उहाँले यात्रुको चापलाई मध्यनजर गरी आवश्यकता अनुसार बसहरुको संख्या थप्न सकिने बताउनुभयो ।

यस्तै सार्वजनिक यातायात चलाउने विषयमा आफुहरु सकारात्मक रहेको राष्ट्रिय यातायात व्यवसायी महासंघका कार्यवहाक अध्यक्ष डोलनाथ खनालले बताउनुभएको छ ।

उहाँले यातायात व्यवसायी र सरकार वीच आजभएको छलफल सकारात्मक भएकोले क्रमिक रुपमा सावारी साधन सञ्चालनमा आउने बताउनुभयो ।

यातायात व्यवसायीहरुले सवारीकर छुट, बैंक किस्ता स्थगन, ब्याज मिनाहा, पुनर्कर्जाको व्यवस्थाका साथै चालक परिचालकको स्वास्थ्य विमा र स्वास्थ्य सामग्रीको व्यवस्था सरकारले गर्नुपर्ने बताउंदै आएका छन् ।  रासस


ताजा खबर