सनराइज बैंकको थप ४ शाखा तथा १ विस्तारित काउन्टरको उद्घाटन

सनराइज बैंकले आज थप चार शाखा कार्यालय तथा एउटा विस्तारित काउन्टरबाट सेवा थालेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याले डिजिटल उद्घाटन समारोह मार्फत ति शाखा कार्यालयहरु तथा विस्तारित काउन्टरको उद्घाटन गर्नुभएको थियो।

कोभिड–१९ को बिश्वब्यापि माहामारीका कारण पर्न सक्ने सम्भावित असर तथा लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी शाखा र विस्तारित काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । नेपालीजन माझ आफ्नो उपस्थितिलाई थप मजबुत बनाउन तथा आम नागरिकको वित्तीय सेवाको पहुँच सहज बनाउने उद्देश्यका साथ बैंकले कपन, कान्तिपथ, भङ्गाल, कुमारीगालमा शाखा र हरिसिद्धीमा विस्तारित काउन्टर सुरु गरेको समाचारमा जनाइएको छ ।

बैंकले शाखाहरुमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न, सम्पूर्ण बैकिंङ्ग सेवा प्रदान गर्नुका साथै सानातथा लघु व्यवसायीहरुमा वित्तीय पहुँच पुर्याउने लक्ष्य लिएको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता समेत बैंकले ब्यक्त गरेको छ ।

सनराइज बैंकले १३४ वटा शाखा सहित र ४८ वटा शाखारहित बैंकिङ्ग सेवा, १० वटा विस्तारित काउण्टर र १६० वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई बित्तिय सेवा प्रदान गर्दै आइरहेको छ ।


ताजा खबर