नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित देश

तेत्तीस किलो सुन काण्डका आरोपी पक्राउ

तेत्तीस किलो सुनकाण्डका फरार प्रतिवादीलाई आज प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फरार प्रतिवादी हरिशरण खड्का रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उनी इन्टरपोलमा ‘रेडकर्नर नोटिस’ जारी भएका प्रतिवादी हुन् । अध्यागमनका कर्मचारीले उनको पहिचान गरेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि उनी पक्राउ परेको शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार सो सुनकाण्डमा ७७ जनाविरुद्ध मुद्दा चलाइएको छ । उनी पछिल्लो समयमा युएई बस्दै आएका थिए । रासस


ताजा खबर