विद्यापति कोषद्वारा पाँच श्रष्टा पुरस्कृत

नेपाल सरकारले स्थापना गरेको विद्यापति पुरस्कार कोष जनकपुरधामले वार्षिक रुपमा मैथिली भाषा, साहित्य, कला, संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान दिनु भएका पाँच जना श्रष्टालाई आज जनकपुधाममा विभिन्न विधाका पुरस्कारवाट पुरस्कृत गरेको छ ।

दुई लाख रकम तथा सम्मानपत्र सहितको नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार २०७६ वाट धनुषाका चन्द्रशेखर उपाध्यायलाई पुरस्कृत गरिईएको छ ।

यसैगरी, १ लाख रुपैयाको नेपाल विद्यापति कलासंस्कृति पुरस्कार २०७६ बाट धनुषाकै लक्ष्मण मण्डललाई प्रदान गरिईएको छ । १ लाखकै नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार २०७६ वाट सप्तरीका दिनेश यादवलाई पुरस्कृत गरिईएको छ ।

१ लाख रकमकै नेपाल विद्यापति पाण्डुलीपि पुरस्कार २०७६ वाट पत्रकार उपेन्द्रभगत नागवंशीलाई पुरस्कृत गरिईएको छ भने १ लाखकै नेपाल विद्यापति अनुवाद पुरस्कार २०७६ वाट मोरङ्गका शिवनारायण पण्डितलाई पुरस्कृत गरिईएको छ ।

सबै पुरस्कृतहरुलाई प्रदेश नंं २ का प्रदेश प्रमुख तिलक परियारले पुरस्कृत व्यक्तित्वहरुलाई नगद, सम्मानपत्र, दोसल्ला तथा पाग लगाएर पुरस्कार प्रदान गर्नु भयो ।

कार्यक्रममा बोल्दै प्रदेश प्रमुख तिलक परियाले मैथिली भाषा साहित्य तथा संस्कृतिको विकासमा महाकवि विद्यापतिको योगदान चीर स्थायी बनाउनका लागि नेपाल सरकारले विद्यापति कोषको स्थापना गरेको बताउनु भयो ।

उहाँले विविधता वीचको एकताका लागि सवै भाषा, संस्कृति तथा कलाको संरक्षण गर्ने प्रावधान संविधानमा रहेकाले नेपाल सरकार त्यसको संरक्षणका लागि लागिपरेको बताउनु भयो ।

कार्यक्रममा मधेशी आयोगका अध्यक्ष विजय दत्तले विद्यापति कोषमा रहेको १ करोडको रकमलाई दुई करोड बनाउने पक्षमा नेपाल सरकार अगाडी बढेको बताउनु भयो ।

नेपाल विद्यापति कोषका अध्यक्ष डा. रामसागर पण्डितको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्वमन्त्री रामचन्द्र झा, सम्मानित व्यक्तित्व मध्ये दिनेश यादवले पनि आ आफ्नो विचार राख्नु भएको थियो । कोरोनाको दृष्टिकोणलाई ध्यानमा राखेर न्युन सहभागितामा पुरस्कार वितरण कार्यक्रमको सम्पन्न गरेको सदस्य सचिव नविन कुमार मिश्रले जानकारी दिनु भयो ।

कार्यक्रममा गायिका विन्दु ठाकुरले मधुश्रावणी तथा साउन महिनामा शिवको भक्तिमा गाईने नचारी गाउनु भएको थियो । कार्यक्रममा सहभागिहरुलाई कोषका सदस्य एवं अधिवक्ता राजकुमार महासेठले स्वागत गर्नु भएको थियो । रासस


ताजा खबर