जतिसुकै कठिन अवस्थामा पनि पार्टीको विवाद समाधान गरिन्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट पार्टीको ऎतिहासिक एकतालाई ध्यान दिएर मात्र पार्टीको विवाद समाधान गरिने बताउनु भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी माडी कमिटीले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम नहुने बताउनु भयो । उहाले भन्नू भयो जुन भावनाबाट पार्टी एकता भएको थियो त्यही अनुसार विवादको सामाधान हुन्छ । सुझबुझबाट काम गरिने भएकाले कुनै दुर्घटना हुन नदिने बताउनु भयो । जतिसुकै कठिन अवस्था भएपनि समाधान गरि छाड्ने दाबी गर्नु भयो ।
पार्टीको विधि र बिधान अनुसारनै हामी हिड्नु पर्छ लहडमा समर्थन र बिरोधमा नहिड्न कार्यकर्तालाई निर्देशन दिनुभायो । माथि केही समस्या भए हामी बसेर समाधान गर्छौ तपाइहरु विधि र बिधान बाहेक केही नगर्नुस उहाले भन्नू भयो । पार्टी एकताको पक्षमा उभिन कार्यकर्तालाई अनुरोध गर्नु भयो ।
माडीको विकासमा निकुञ्ज ऎन बाधक भएको भन्दै त्यसलाई सन्सोधनको तयारीमा रहेको जानकारी दिनुभयो । रासस

ताजा खबर