नेकपा स्थायी कमिटी बैठक २६ गतेसम्मका लागि स्थगित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको आजका लागि तय गरिएको बैठक पर्सी शुक्रबारका लागि सारिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पर्सी २६ गते शुक्रबारसम्मका लागि बैठक सारिएको जानकारी ट्वीटरमार्फत दिनुभएको छ । असार १८ गतेका लागि नेकपा स्थायी कमिटी बैठक तस्रोपटक सारिएको हो ।

नेकपामा आन्तरिक विवाद बढेपछि असार १८ गतेको पार्टीको स्थायी कमिटीको बैठकले शीर्ष तहमा अनौपचारिक छलफलका लागि भन्दै गएको आइतबारका लागि तोकेकोमा स्थगन भइ आज बस्ने भनिएको थियो ।

यसैबीच आन्तरिक विवादमा सहमति खोज्न हिजोपनि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भयो ।


ताजा खबर