आफ्नी बनाउन हिँडेको दिन : विशाल पहाडी ‘आँसु’

आजै हो तिम्रो र मेरो कुरो छिनेको दिन,

आफ्नी बनाउने निर्णयमा हिनेको दिन।

दुबै घरका मान्यजनको भेट गराई गराई,

कुरा छिन्दा लगाउने औँठी किनेको दिन।

मुस्कुराउदै एकान्तमा गफ गर्दाको पल,

पहिलै चोटि हो मैले तिम्लाई चिनेको दिन।

दु:ख साथ जिउनु छ घरमा के छ विचार,

सबै सपना दुबैको एकैठाँउ पिनेको दिन।

आजै हो तिम्रो र मेरो कुरो छिनेको दिन,

आफ्नी बनाउने निर्णयमा हिँडेको दिन।

विशाल पहाडी “आँसु”

फिक्कल-५ सोल्पाठाना


ताजा खबर