हामी नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार नै चल्नुपर्छ : गोविन्द ढकाल

कोरोना संक्रमणको प्रभावले विश्वव्यापी रुपमा अर्थतन्त्रप्रति धेरैको चिन्ता जागृत हुन थालेको छ । चैत्र दोस्रो सातादेखि सुरु भएको लकडाउन मुलुकभर जारी छ । विश्वनै यतिवेला लकडाउनको अबस्थामा छ । यो अबस्थामा पनि बैंकिङ तथा वित्तीय संस्थाहरुले सावधानीपूर्वक सेवा सूचारु राखेका छन् । कोरोना प्रभाव र लकडाउनले वित्तीय क्षेत्रमा पार्ने प्रभावका बारे डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष तथा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालसँगको सफल कुराकानीको सम्पादित अंश ।

कोरोनाको संक्रमण र लामो समयको लक डाउनले विकास बैंकहरुलाई कस्तो प्रभाव पारेको छ ?
कोरोना संक्रमणको प्रभाव विश्वभरि नै परिरहेको छ । विकास बैंक, कमर्सियल बैंक वा फाइनान्स कम्पनी भन्दा पनि समग्र अर्थतन्त्र नै प्रभावित भएको अबस्था हो । तत्कालको समयमा भन्दा पनि यसको प्रभाव अलि पछि बढी पर्ने देखिन्छ । जसका कारण विकास बैंकहरु पनि पूर्ण रुपमा प्रभावित भएका छन् ।

विकास बैंकहरुले पनि कार्यालय खोलेर वित्तीय सेवा दिइरहेका छन् नि ?
विकास बैंकहरुले आफ्ना स्कीमहरु संचालन गरि रहेका छन् । अहिले त्रैमास अन्त्य र राजश्व संकलनको समय सकिएको छ । क्लियरिङ सेवाहरु संचालीत छन् । हरेक ठाउँमा केही शाखाहरु मर्फत कार्यालय संचालीत छन् । यसबाहेक एटएएम लगायतका डिजिटल कारोबार पूर्ण रुपमा संचालीत छन् । त्यसमा पनि विकास बैंकको एटिएम संख्या अलि कम भएका कारण सुरक्षित तवरले शाखा नै खोलेर सेवा दिइरहेका छन् ।

आर्थिक गतिविधिमा आएको मन्दीका कारण ऋणीहरुको कर्जा तिर्न सक्ने क्षमतामा कमी आई कर्जा जोखिम बढ्ने सम्भावना कस्तो देख्नुहुन्छ ?
बैंकिङ क्षेत्रमा कोरोना संक्रमण र लकडाउनको प्रभाव स्पष्ट रुपमा देखिन अलि समय लाग्छ । होटल व्यवसाय, टुरिजम, यातायात सबै ठप्प भएको हुनाले उनीहरुलाई कर्जाको साँवा व्याज तिर्न धेरै गाह्रो परिरहेको छ । यस विषयमा नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार नै हामी चल्नुपर्छ । नेपाल राष्ट्र बेंकले जेजस्ता व्यबस्थाहरु संचालन गरेर नीतिहरु त्र्जुमा गर्छ त्यसै अनुसार हामी अगाडि बढ्ने छौं । अहिले यसबारे अध्ययन समिति मार्फत राष्ट्र बैंकले आर्थिक प्रभावको अध्ययन गरीरहेको हुँदा पछि नै यसको अबस्था थाहा हुन्छ ।

बैंकहरुले धमाधम निक्षेपको व्याजदर घटाइरहेका छन् । व्यवसायीहरु ऋणको व्याजदर घटाउन माग गरिरहेका छन् । विकास बैंकहरुको व्याजदरको अवस्था के छ ?
विकास बैंकहरुले पनि व्याजदर घटाएका छन् । व्यक्तिगत मुद्धतिमा नौ प्रतिशत र संस्थागत मुद्धतिमा आठ प्रतिशत व्याज दिने सहमित भएको छ । बचतमा छ प्रतिशत व्याज दिने निर्णय भएको छ । निक्षेपको ब्याजसँगै आधार दर पनि घट्ने भएकाले सोही अनुसार ऋणको ब्याज पनि घट्नेछ ।

कोरोनाबाट अर्थतन्त्र जोखिममा रहेको समयमा नयाँ गभर्नरको नियुक्ति भएको छ । उहाँबाट विकास बैंकहरुका अपेक्षा केके छन् ?
महाप्रसाद अधिकारी गभर्नरको रुपमा मात्रै नयाँ हुनुहुन्छ । बैंक तथा वित्तीय संस्थाको बारेमा उहाँले राम्रोसँग बुझ्नुभएको छ । उहाँलाई हामीले बैंक तथा वित्तीय संस्थाको परिवारको रुपमा हेरिरहेका छौँ । उहाँ डेपुटी गभर्नर हुँदा नै बैंक तथा वित्तीय संस्थासँग समन्वय गर्नुहुन्थ्यो । सबैको कुरा सुन्ने र इन्टरयाक्ट गर्ने उहाँको बानी छ । यसले गर्दा भोलीका दिनमा हामीलाई काम गर्न अझ सजिलो हुन्छ र समग्र वित्तीय क्षेत्रमा नै यसको पोजिटिभ रिजल्ट आउँछ भन्ने विश्वास लिएका छौँ । अहिले समग्र अबस्था कोरोनाको प्रभाव र लकडाउन भएका कारण अन्य छलफलहरु हुन पाएका छैनन् ।


ताजा खबर