राजन राज र मिलनको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

 गायक तथा संगीतकार राजन राज सिवाकोटी र  गायिका मिलन नेवारले नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन्।

‘तिमी उता म यता’ बोल को यस गीतमा शब्द संगीत राजन राज शिवाकोटीको रहेको छ, भने गायिका मिलन नेवारसँग युगल गायनका रुपमा राजन आफैँ अभिनयमा देखा परेका छन। द

दक्षिणकालीमा छायांकन भएको गीतमा लामो समयसम्म एक आपसमा भेटघाट हुन नपाउँदाको अवस्थाको पीडा र भेट हुने आशा सहितको भावना व्यक्त गरिएको छ।

भिडियोमा नायक नायिका को छोरी को रूपमा राजनका कान्छी छोरी आरीश्मा शिवाकोटीले पनि अभिनय गरेकी छिन।

भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् भने उत्सव दाहालले छायांकन गरेका हुन्। यसअघि राजन र मिलनले संयुक्त रुपमा चरीले काफल टिप्यो ,ठेकीमा दही ,गुलेलिले हान्दिऊँ की बोलका गीत बजारमा ल्याइसकेका छन्।

भिडियो हेर्नुहोस् …


ताजा खबर