आफ्ना सबै स्टोर बन्द गर्ने माइक्रोसफ्टको घोषणा

माइक्रोसफ्टले आफ्ना सबै स्टोरहरु बन्द गर्ने घोषणा गरेको छ।

कम्पनीले आफ्ना ८३ वटा स्टोरहरु बन्द गर्ने र व्यवसायलाई अनलाइनमार्फत गर्ने जनाएको छ। यसका साथै कम्पनीले लन्डन, न्युयोर्क, सिड्नी, रेडमन्ड र वासिङ्टनमा रहेका आफ्ना लोकेसनहरुलाई ‘एक्सपिरियन्स सेन्टर’ मा परिणत गर्ने भएको छ। यी स्थानहरुमा माइक्रोस्फ्टको प्रविधिहरु जस्तै सरफेस पीसीएस, एक्सबक्स, माइनक्राफ्ट, विइन्डो र अफिस प्रर्दशन गरिनेछन् तर बिक्री भनेगरिने छैन।

कोरोना महामारीका कारण माइक्रोसफ्टका अधिकांश स्टोरहरु बन्द अवस्थामा छन्। आधुनिक सफ्टवेयरको अग्रणी कम्पनीका रुपमा रहेको माइक्रोसफ्टले आफ्ना स्टोरहरु बन्द गरे पनि अनलाइन बिक्रीमार्फत सामानहरुको बिक्रीलाई निरन्तरता दिने स्पष्ट पारेको छ।

कम्पनीले अनलाइन स्टोर माइक्रोसफ्ट डटकमका माध्यमबाट प्रत्येक महिना १.२ बिलियन मानिसहरुले आफ्ना उत्पादन र सामग्रीहरु खरिद गर्ने गरेको जनाएको छ। कम्पनीका उपाध्यक्ष डेभिड पोटरले कम्पनीको अनलाइन बिक्रीमा उछाल आएको र समर्पित टिमको सहायताले स्टोरहरुभन्दा बढी बिक्रीको सफलता हासिल भएको बताएका छन्।

कम्पनीले स्टोरहरु बन्द गर्दा ४५० मिलियन डलर पूर्वकर शुल्कका रुपमा खर्च हुने जनाएको छ।  एजेन्सी


ताजा खबर