एक-अर्का देशका सीमानाका खोल्न यूरोपेली मुलुकहरुको पहल

कोभिड-१९ को महामरीका कारण आफ्ना देशका सीमा नाकाहरु बन्द गराएका यूरोपेली मुलुकहरुले एक-अर्का देशमा यात्रामा सहज बनाउन सीमानाका खोल्ने पहल शुरु गरेका छन् ।

केही देशहरुले आफ्नो देशका सीमानाकाहरु आंशिकरुपमा खुला गरेपनि सबैदेशका नागरिक आउजाउ गर्न सक्ने वातावरण भने बनिसकेको छैन् । खुला सिमानाका रेहका र एकअर्का देशहरुमा स्वतन्त्र आवागमन गरिरहेका युरोपेली नागरिकहरुको यात्रा निरन्तरताका लागि ती इयू राजदूतहरुको बैठक भोली बस्ने भएको छ ।

बैठकले इयू सदस्य मुलुकका नागरिकहरुको यात्रा खुला गराए पनि अमेरिकाबाट हुने यात्रामा भने प्रतिवन्ध कायमै राख्ने संभावना छ । प्रायः पर्यटन क्षेत्रबाटै अर्थतन्त्र धानिरहेका धेरै यूरोपेली मुलुकहरु यात्रा अनुमति खुला गर्ने पक्षमा छन् भने केही देशहरु भने संक्रमण फैलिइरहेकोले अझै केही समय प्रतिवन्ध कायमै राख्नुपर्ने अडानमा छन् ।

इयू मुख्यालय ब्रसेल्समा बस्न लागेको बैठकमा २७ वटै सदस्य मुलुकका अतिरिक्त भाइरसको संक्रमणबाट सुरक्षित अन्य मुलुकका नागरिकलाई मात्रै यात्राको अनुमति दिने बताइएको छ । यसले अमेरिका सहित ब्राजिल, रुस लगायतका मुलुक माथि प्रतिवन्ध लाग्ने भएको छ । यसै सन्दर्भमा अमेरिकी विदेशमन्त्री माइक पम्पियोले उपयुक्त समाधान आउनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।


ताजा खबर