नेकपा स्थायी कमिटी बैठक : अध्यक्षद्वय ओली र दाहालको सम्वोधन

सत्तारुढ दल नेकपाको बुधबार बसेको स्थायी कमिटी बैठकको पहिलो दिन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले आफ्नो मन्तव्य राखेसँगै सकिएको छ ।

विभिन्न पाँच वटा विषयमा छलफल गर्ने कार्यसुची अनुसार तय भएको बैठकको पहिलो दिन ओली र दाहालले सम्वोधन गरेसँगै सकिएको हो।

बैठकले आगामी स्थायी कमिटि बैठकका लागि एजेण्डा तय गरेको छ । प्रधानमन्त्री कार्यलय बालुवाटारमा आज बसेको बैठकले सरकारको कामको समिक्षा, कोभिड १९ लगायत सिमा सुरक्षा र पार्टी एकताका वाँकी कामका विषयलाई छलफलको एजेण्डा बनाउने तय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

Image may contain: 4 people, crowd and outdoor

बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका एजेण्डामा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले मात्रै धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । अर्को बैठक असार १२ गते विहान ११ बजे बस्ने सहमति भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

 


ताजा खबर