शीतल निवासमा आज रात्रीभोज

सम्माननीय रास्ट्रपति विद्यादेवी भण्डारीले आज सबै दलका नेतालाई बोलाएर रात्रिभोजको आयोजना गर्न लाग्नुभएको छ ।
नेकपा स्थायी समिति बैठक शुरु हुने दिन यस्तो कार्यक्रमको आयोजना गर्दा नेताहरु कोहि पनि छुट्ने सम्भावना रहन्न । नीति तथा कार्यक्रम र बजेट पास भएको,सँसदबाट अभूतपूर्व सहमतिका साथ सम्बिधान सम्शोधन गरी देशको नयाँ राजनैतिक र प्रशासनिक नक्सा जारी भएको, नागरिकता बिधेयक अघि बढ्दै गरेको,कोरोना महामारी मध्यविन्दूमा पुगेकोलगायतका अवसरमा राष्ट्रीय एकताको सन्देश दिन यसरी नेताहरुसङ्ग सहभोज गर्न लागिएको बताइन्छ ।
नेपाल सरकारले कोभिड-१९ रोगको संक्रमणका कारण २५ जनाभन्दा बढीको जमघट नगर्न निर्देशिका जारी गरेको पृष्ठभूमिमा आजको भेला कति जनासम्मको हुने खुलाइएको छैन । चार दिनपछि जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्ती परेको छ, त्यस दिनका निम्ति शीतल निवास र नेकपाबाट कस्तो योजना बनेको छ,सो को जानकारी पनि आइसकेको छैन ।

ताजा खबर