बाढी पहिरो तथा कोरोना संक्रमण रोकथाममा सरकारको ध्यानाकर्षण : नागरिकता विधेयक पेश

प्रतिनिधिसभाको आजको बैठकको शुन्य र विशेष समयमा सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको घ्यानाकर्षण गराउनु भएको छ ।

सांसदहरुले कोरोना नियन्त्रणमा सरकार असफल भएको, क्वारेण्टिनमा महिला बलात्कृत हुनु परेको, स्वास्थ्य समाग्री खरिदमा भष्ट्राचार भएको, शिक्षाको गुणस्तर खस्किएको, कृषि मलको अभाव भएको, सडक पूर्वाधार निर्माणमा ढिलाई भै रहेको र भारतबाट स्वदेश फर्कने श्रमिकहरुको छिटो परिक्षण गर्ने व्यबस्था मिलाउनु पर्ने भन्दै सरकारको घ्यानाकर्षण गराउनु भएको हो ।

लकडाउन अबधिको सबै शुल्क मिनाह गर्न, बाल शिक्षकलाई खानपुग्ने तलब उपलब्ध गराउन ,व्यवस्थित क्वारेण्टिनको व्यवस्था गर्न र महिला हिंसालाई नियन्त्रण गर्न सांसदहरुले सरकारको घ्यानाकर्षण गराउनु भयो । सांसदहरुले बाढी पहिरोको प्रकोप रोकथाम तथा उद्धार राहतका लागि बेलैमा तयारी गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।

साना होटल व्यवसायीलाई पनि सहुलियत प्रदान गर्न र त्यस्ता होटलहरुलाई क्वारेण्टिनको रुपमा प्रयोग गर्न जोड दिंदै रुकुम पश्चिम घटनामा संलग्नलाई हदै सम्मको कारवाही गर्न माग गर्नुभयो । यसैबीच राज्य व्यवस्था समितिका सभापति शशि श्रेष्ठले नागरिक्ता विधेयक बैठकमा पेश गर्नु भएको छ ।


ताजा खबर