कोरोनाबाट विश्वमा चार लाख ७४ हजारभन्दा बढीको मृत्यु : ९१ लाख ९४ हजारभन्दा बढी संक्रमित

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या चार लाख ७४ हजार ५०३ पुगेको छ । साथै यस सङ्क्रमणबाट विश्वभर ९१ लाख ९४ हजार ९६० जना सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ ।

कोरोना भाइरसका कारण बिरामी भएका ४९ लाख ४१ हजार ७४६ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस सङ्क्रमित करिब ३७ लाख ७८ हजार ३११ व्यक्ति उपचाररत रहेका छन् । सङ्क्रमितहरूमा ५७ हजार ९१३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २३ लाख ८८ हजार २२५ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख २२ हजार ६११ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १८ लाख १७ हजार ३२२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ ७२ हजार ६२९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २७ लाख ७४ हजार ८६४ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ एक लाख ५६ हजार २२३ जनाको मृत्यु भएको छ ।

युरोपमा २३ लाख २७ हजार ७२३ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने एक लाख ८७ हजार ९५४ को मृत्यु भएको छ । एसियामा १९ लाख ४६ हजार ३७९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने, ४९ हजार १८७ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा तीन लाख १८ हजार ३२१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने आठ हजार ३७१ जनाको मृत्यु भएको छ । ओसियानामा नाै हजार ११५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।


ताजा खबर