लिभरपुल इङ्लिस प्रिमियर लिगको उपाधि नजिक

इङ्लिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानमा रहेको लिभरपुल क्लवलाई एभर्टनले गोल रहित बराबरीमा रोकेको छ ।

गएराती भएको खेलमा १८औ स्थानमा रहेको एभर्टनले लिग उपाधि दावेदार क्लव लिभरपुललाई बराबरीमै रोकेको हो । बराबरीसंगै एक अंक पाएको लिभरपुलको ८३ अंक छ ।

दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीसंगको ६० अंक मात्रै रहेका कारण सहजै लिग उपाधि उचाल्ने लक्ष्यमा लिभरपुल छ । ३० बर्षपछि इङ्लिस फुटबलको महत्वपूर्ण उपाधि जित्ने लयमा रहेको लिभरपुलले यसका लागि अझै पाँच अंक भने जोड्नु पर्ने हुन्छ । रोयटर्स


ताजा खबर