विश्वभर कोरोना संक्रमितको संख्या करोड नजिक

विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या ९० लाख ४५ हजार भन्दा बढी पुगेको छ । अहिलेसम्म विश्वभर ४८ लाख ३८ हजार भन्दा बढी निको भइ घर फर्कीसकेका छन् ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ लाख ७० हजार ६ सय ९८ पुगेको छ ।
कोरोना भाइरस महामारीको सबैभन्दा संक्रमित देश अमेरीकामा संक्रमितको संख्या २३ लाख ५६ हजार भन्दा बढी पुगेको छ भने निको भएर घर फर्कनेको संख्या ९ लाख ८० हजार भन्दा बढी रहेका छन् ।

त्यस्तै अमेरीका पछिको संक्रमण धेरै भएको देश ब्राजीलमा ५ लाख ७९ हजार भन्दा बढी निको भइ घर फर्किसकेका छन् ।
यस्तै , दक्षिण एसीयाली राष्ट्रमा सबैभन्दा संक्रमित राष्ट्र भारतमा अहिलेसम्म ४ लाख २६ हजार ९ सय १० जनामा संक्रमण देखिएको छ ।
भारतमा मृत्युहुनेको संख्या १३ हजार ७ सय ३ पुुगेको छ ।

निको भइ घर फर्कनेको संख्या भारतमा २ लाख ३७ हजार २ सय ५२ पुगेको छ । यस्तै दक्षिण एसियाली अर्को राष्ट्र पाकिस्तानमा पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दै गइरहेको छ ।

पकिस्तानमा संक्रमितको संख्या १ लाख ७६ हजार भन्दा बढी रहेका छन् भने ३ हजार ५ सय १ जनाको मृत्यु भइसकेको छ । निको भइ घर फर्कनेको संख्या ६७ हजार ८ सय भन्दा बढी रहेका छन् ।  बीबीसी 


ताजा खबर