सलाम सरकार

  • आँसु विशाल पहाडी

नयाँ नक्साङ्कनको कदमलाई सलाम सरकार,
जनता संग हातेमालो गर्दै अघि चलाम सरकार।

साथ सधै रहने छ जनको राम्रा काम गर्ने पक्ष,
सन्धि सम्झौता अहिले सब जलाम सरकार।

शुभकामना छ ग्रेटर नेपालको सुरुवातीलाई,
भारतीय विस्तारवादका पिल्लर ढलाम सरकार ।

सुखी र समृद्ध नेपालीको पुन कोर्दैजाउँ खाका,
भाचिएका भु-भाग टुसा बनि पलाम सरकार।

आफ्नो देशको रक्षाका लागि श्रमदान गर्छौं बरु,

चौघेरा हालौ आजै काडेतार फलाम सरकार।
नयाँ नक्साङ्कनको कदमलाई सलाम सरकार।।

फिक्कल-५ सोल्पाठाना सिन्धुली


ताजा खबर