सञ्जिवकुमार ढुङ्गेल टेबलटेनिस मुख्य प्रशिक्षक नियुक्त

राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले टेबलटेनिसका प्रशिक्षक सञ्जिवकुमार ढुङ्गेललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

निवर्तमान मुख्य प्रशिक्षक विनोद शाक्यले ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि ढुङ्गेललाई उक्त जिम्मेवारी दिएको राखेप प्रचारप्रसार शाखाका अधिकृत लोकेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

विसं २०५२ मा सहायक प्रशिक्षकबाट राष्ट्रिय खेलकूद परिषद्को सेवामा प्रवेश गर्नुभएका ४९ वर्षीय ढुङ्गेल २०६४ सालमा प्रशिक्षकमा बढुवा हुनुभएको थियो । गत वर्ष मङ्सिरमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा उहाँले नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

नेपालले १३औँ सागमा टेबलटेनिसमा एक रजत र चार कांस्यपदक जितेको थियो । ढुङ्गेलले टेबलटेनिस खेलको विकास र विस्तारमा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रासस


ताजा खबर