किम जोङ उनले बनाएका छन् आफ्नी श्रीमतीका लागि पनि यस्ता कडा नियम

केही समय यता अन्तर्राष्ट्रिय सञ्चार माध्यममा छाएका उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको स्वास्थ्य अवस्थाको बारेमा निकै अड्कलबाजी भइरहेको छ ।

मुटुको शल्यक्रियापछि लामो समय कुनै पनि गतिविधिमा संलग्न नभएपछि उनको मृत्यु र स्वास्थ्यलाई लिएर अनेक समाचारहरु आएका थिए ।

तर, केही दिन अगाडि मात्रै किम आणविक क्षमता वृद्धि गर्ने योजनामा रहेको विषयमा समाचार आएको छ । उनी विश्वव्यापी कोरोना भाइरसको संक्रमणबाट बच्न आइसोलेसमा बसेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम द फक्स न्यूज डट कमले लेखेको छ ।

किम विश्वमै शक्तिशाली आणविक क्षमता भएका शासक हुन् । उनले अमेरिकालाई समेत बारम्बार क्षेप्यास्त्र परीक्षण गरेर चुनौति दिँदै आएका छन् ।

त्यति मात्र होइन उत्तर कोरियामा निकै डरलाग्दा कानुनहरु रहेका छन् । आफ्ना देशका जनताका लागि अलग–अलग कानुन बनाउने किमले आफ्नी श्रीमतीका लागि पनि निकै कडा नियमहरु बनाएका छन् ।

ती नियमहरुः

१. नेपाल, भारत लगायत विश्वका केही देशहरुमा विवाहपछि महिलाहरुले श्रीमानको थर अपनाउने परम्परा रहेको छ । तर, उनले आफ्नी श्रीमतीको विवाहपछि पूरै नाम नै परिवर्तन गरिदिए । र, उनकी पत्नीको जन्मनाम छोडेर रि सोल जू नाम राखियो ।

२. उत्तर कोरियामा ‘फस्र्ट लेडी’ लाई हरेक समय जनमासमा जाने अधिकार हुँदैन । उनीहरुलाई केवल ‘स्पेशल अपियरेन्स’ मा मात्र देखिने अनुमति हुन्छ ।

३. रि सोल जूलाई उच्च सैनिक सुरक्षाको बीच राखिएको छ । उनको हरेक गतिविधिमाथि निगरानी राखिन्छ । उनलाई कसैसँग पनि कुराकानी गर्ने अधिकार छैन ।

४. प्राय विश्वका देशहरुमा ‘फस्र्ट लेडी’ लाई शोकस्थलमा जाने अनुमति हुँदैन तर रि सोल जूलाई भने शोकस्थलमा जाने अनुमति दिइएको छ ।

५. रि सोल जू आफ्नो इच्छा अनुसार कुनै पनि ठाउँमा जान सक्दिनन् । उनलाई सधैँ किम जोङसँग देखिन्छ ।

६. रि सोल जू तीन बच्चाकी आमा हुन् । तर, यो विषयमा कहिल्यै पनि आधिकारिक पुष्टि भएको छैन । किनकी जूलाई आफ्नो गर्भावस्थाको बारेमा जानकारी गराउँने अनुमति छैन ।

७. किमकी श्रीमतीलाई कुनै पनि सञ्चार माध्यमले कभर गर्न पाउँदैनन् । त्यसैले, जूको बारेमा उत्तर कोरियामा न कुनै समाचार प्रकाशित गरिन्छ न कुनै तस्बिर लिइन्छ ।

८. उत्तर कोरियाका शासक वर्गमा विवाहको तुरुन्तै बच्चा जन्माउने नियम रहेको छ । विरासतलाई अगाडि बढाउन छोरा जन्माउनै पर्ने दबाब पनि हुन्छ ।

९. फस्र्ट लेडी भएकाले जूलाई सधैँ फर्मल स्टाइलमा देखिनुपर्ने हुन्छ । उनी स्कर्ट, टप र कोट लगाउनुपर्छ । उनको स्कर्टले सधैँ घुँडा छोप्नुपर्ने हुन्छ ।


ताजा खबर