शिक्षाविद अंगुरबाबा जोशीको निधन

शिक्षाविद अंगुरबाबा जोशीको निधन भएको छ। जोशीको ८८ वर्षको उमेरमा निधन भएको हो।

जोशीको उपचारका क्रममा शनिबार मृत्यु भएको हो। छातीमा समस्या भएपछि जोशीको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको थियो।

जोशीको आज दिउँसो मृत्य भएको  पारिवारिक स्रोतले जानकारी दिएको छ ।

काठमाडौं डिल्लीबजारकी अङ्गुरबाबा नेपालको पहिलो महिला क्याम्पस प्रमुख थिइन् । उनी सात समुद्रपार उच्च अध्ययन गर्न जाने प्रथम नेपाली महिला पनि थिइन्।

उनी २०१९ सालमा राजा महेन्द्रद्वारा गठित चार सदस्यीय संविधान मस्यौदा समितिकी एकमात्र महिला सदस्य थिइन्।

जोशीको शनिबार नै अन्त्येष्टि गरिने जनाइएको छ ।


ताजा खबर