थप ४२६ जना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमित ८,२७४ पुगे : २१६ जना उपचारपछि डिस्चार्ज

आज थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ  ।

विगत २४ घण्टामा ६ हजार २ सय ३१ जानाको पिसाआर विधिबाट गरिएको नमुना परिक्षणमा ४२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुशार शुक्रबार थपिएका ४२६ सहित नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ । यस्तै शुक्रबार मात्र २१६ जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रयोशालमा अधिक चाप बढ्दा क्वारेन्टिनमा रहेकाहरुको नमुना परिक्षणमा ढिलाइ भएको गुनासो आहिरहँदा पिसिआर परिक्षण निर्देशिका विपरित नमुना संकलन नगर्न र परिक्षणका लागि दवाव नदिन मन्त्रालयले आग्रह गरेको छ ।

पछिल्ला दिनमा कतिपय निजि आस्पतालबाट परिक्षणको मापदण्ड विपरित नमुना संकलन र परिक्षणका लागि पठाउदा बस्तविक विरामीको परिक्षणमा ढिलाइ भएको भन्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

यसैबीच मन्त्रालयलको कुनै पनि स्वास्थ्य समाग्री खरिदमा सम्वन्धमा कुनै पनि राजनीतिक दवाव र प्रभाव नरहेको र खरिद कानुन अनुशार नै गरिएको बताएको छ ।

पिसिआर परिक्षणको दायारा बढाउन शुरु गरिएको पिसिआर रिएजेन्ट र भिटिएम खरिद प्रकृयामा आपुर्तिकर्ता बीच विभेद भएको भनि कतिपय संचार माध्यममा आएका खवरप्रति गंभिर ध्यानाकार्षण भएको बताउँदै मन्त्रालयले त्यस सम्वन्धमा स्पष्ट पारेको हो ।

भिडियो हेर्नुसः

 


ताजा खबर