‘टोकियो ओलम्पिक गर्न जापान प्रतिवद्ध छ’

जापानका प्रधानमन्त्री सिञ्जो आवेले अर्को वर्ष गर्ने गरी तय भएको टोकियो ओलम्पिक  हरहालतमा आयोजना हुने प्रतिवद्धता दोहोर्याउनु भएको छ ।

ओलम्पिकको आयोजना र कोभिड-१९ को प्रभाव विषयमा बोल्दै प्रधानमन्त्री आवेले टोकियो ओलम्पिकलाई सुरक्षित प्रतियोगिता बनाउन जापान सरकार प्रतिवद्ध रहेको पनि बताउनुभएको छ ।

कोभिड महामारी पछि अब पुनर्संरचना सहित जापानको नव निर्माण गरी अघी बढ्ने बेला आएको पनि उहाँले बताउनुभयो ।

यसबर्ष जापानको टोकियोमा आयोजना हुने तय भएको ओलम्पिक प्रतियोगिता  कोभिड महामारीका कारण एक बर्ष स्थगित गरिएको छ । तर अझैपनि प्रतियोगिताका सबै खेलहरु सुरक्षित रुपमा नै सम्पन्न हुनेमा द्विधा व्यक्त भइरहेका छन् ।

जापानले सुरक्षित प्रतियोगिताका लागि १२.६ अर्ब अमेरिकी डलर भन्दा बढी रकम खर्चगर्ने बताइएको भएपनि वास्तविक खर्च भने त्यसको दोब्बर हुने बताइएको छ ।

महामारीले निम्याएको संकटका समयमा त्यति धेरै रकम खर्च गरेर खेल प्रतियोगिता आयोजना गर्ने वा नगर्ने भन्ने बारेमा पनि बहस शुरु भएपछि प्रधानमन्त्री आवेले ओलम्पिक हुने बताउनुभएको हो । बीबीसी


ताजा खबर