कोरोनाबाट थप २ जनाको मृत्यु : उपत्यकाका ६ जना सहित ६७१ मा संक्रमण देखियो, कूल स‌ंक्रमित ७, ८४८ पुगे

कोभिड-१९ कोरोना भाइरसबाट नेपालमा थप २ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा कैलाली गोदावरी नगरपालिका ४ का ४६ वर्षीय पुरुष र कैलालीकै लम्किचुहा-२ का ४३ वर्षीया महिला रहेका छन् ।

यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २२ पुगेको छ । यसैगरी आज ६ सय ७१ जना नयाँ संक्रमित फेला परेका छन् । योसँग संक्रमित हुनेहरुको संख्या ७ हजार ८ सय ४८ पुगेको छ ।

कोरोना संक्रमण मुक्त भइ आज १९ जना घर फर्केका छन् । अहिलेसम्म जम्मा १ हजार १ सय ८६ संक्रमणमुक्त भएका छन् । हालसम्म क्वारेन्टाइनमा १ लाख १६ हजार २ सय १५ जना र आइसोलेसनमा ६ हजार ६ सय ४८ जना रहेका छन् ।

यसैगरी गत २४ घण्टामा ५ हजार ७ सय ४६ जनाको पिसिआर र ९ हजार ५ सय ३२ जनाको आरडिटी परीक्षण सम्पन्न भएको छ ।

उपत्यकामा ६ जना सङ्क्रमित

काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा एक महिलासहित ३ जना, काठमाडौंमा एकजना पुरूष र एकजना महिला र ललितपुरमा एकजना पुरूषमा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित अनलाइन प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सो जानकारी गराउनुभएको हो ।

आजको प्रेस ब्रिफिङमा बिशेष अतिथिका रुपमा संक्रामक रोग विशेषज्ञ तथा सघन उपचार विज्ञ डा. प्रभात अधिकारीले कोभिड १९ कोरोना भाइरसको संक्रमणका बिबिध आयामहरुबारे जानकारी समेत गराउनुभएको थियो ।

प्रेस ब्रिफिङ लाईभ भिडियोः

सफल नेपाल


ताजा खबर