नेपाल-भारत सम्बन्धमा कुनै समस्या छैन : भारतीय सडक परिवहन र राजमार्ग मन्त्री गडकरी

भारतका सडक परिवहन र राजमार्ग मन्त्री नितिन गडकरीले नेपालसँगको सम्बन्धमा कुनै विवाद नरहेको स्पष्ट पारेका छन् ।

नेपाललाई ‘छोटे भाइ’ भन्दै मन्त्री गडकरीले पछिल्लो समयमा देखिएका स–साना समस्यालाई सुल्झाएर अगाडि बढ्ने र सम्बन्ध अझ मधुर बनाइने बताए । बीबीसी न्यूज हिन्दीमा कुरा गर्दै मन्त्री गडकरीले नेपाल–भारत सम्बन्धमा कुनै समस्या रहेको पनि बनाए ।

मन्त्री गडकारीले भारतीय जनता पार्टीको विस्तारवादी नीति नरहेको भन्दै कालापानी विवादलाई सांकेतिक रुपमा स्वीकार गर्दै नेपालसँग भएका समस्या सुल्झाएर अघि बढ्ने उल्लेख गरे ।

‘मलाई लाग्छ कि हामी एक अर्काप्रति छोटे भाइको रुपमा यो देशलाई मान्छौं । स–सानो कुरा छ, त्यसलाई सुल्झाएर फेरि पनि राम्रो र मधुर सम्बन्ध कायम गर्नेछौं, त्यसतर्फ अगाडि बढ्नेछौं । यही भारतको नीति र हाम्रो भूमिका हो,’ उनले भने ।

अटल बिहारी बाजपेयीको नेतृत्वदेखि नै आफूहरुको छिमेकमा रहेका साना देशसँग सम्मानजनक सम्बन्ध रहेको स्मरण गर्दै मन्त्री गडकारीले बाजपेयीले भारतीय जनता पार्टीलाई विस्तारवादी भूमिकामा छैनौ भन्ने दर्शन दिएको बताए ।

नेपालमा भूकम्प जाँदा पनि भारतले पहिला सहयोग गरेको मन्त्री गडकरीले स्मरण गरे । ‘जब नेपालमा भूकम्प गयो, पहिलो मिनेटमै प्रधानमन्त्री नरेन्द्र मोदीले एक्सन लिनुभयो । सबै प्रकारको सहायता नेपाललाई दिए,’ उनले भने ।

नेपालले छोटे भाइ होइन समान व्यवहार हुनुपर्छ भन्दै आएको छ नि भन्ने प्रश्नमा मन्त्री गडकरीले पारिवारिक भावले भाइ भनेको तर सम्बन्ध जहिले पनि बराबर सम्मानका साथ अगाडि बढेको दावी गरे । बीबीसी न्यूज हिन्दी


ताजा खबर