संक्रमण रोक्न मास्क नै सहि भएको डब्लूएचओको ठहर

कोरोनाभाइरसको संक्रमण फैलनबाट रोक्न मास्कको प्रयोग अनिवार्य भएको विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ ले बताएको छ।

यस अघी मास्कले संक्रमण नियन्त्रण नगर्ने र अनावश्यक व्यक्तिले मास्कको प्रयोग गर्दा उपचारमा प्रत्यक्ष संलग्न हुनुपर्नेहरुलाई मास्क अपुग हुने भन्दै स्वास्थ्य संगठनले मास्कको प्रयोग सबैलाई अनिवार्य नभएको बताएको थियो ।

तर आफ्नो पूर्व भनाइलाई सच्याउदै विश्वकै स्वास्थ्य क्षेत्रको नियामक निकाय डब्लूएचओले ३ लाख ९४ हजारको मृत्यु र ६७ लाख बढीमा संक्रमण फैलिइसकेपछि संक्रमण फैलनबाट रोक्नमास्क उपयोगी हुने सुझाव दिएको हो । यसका लागि कपडाले बनाइएका मास्कको प्रयोग उपयोगी हुने पनि डब्लूएचओले बताइएको छ ।

केहि देशहरुमा गरिएको अध्ययनले सार्वजनिक स्थल र बढी भीडभाड हुने ठाउँहरुमा एकअर्कामा संक्रमण नसार्न मास्क उपयोगी भएको तथ्य फेलापरेको WHO का प्राविधिक विज्ञ डा मारिया भानले बताउनुभएको छ ।

अस्पतालहरुमा र संक्रमितहरुसंग प्रत्यक्ष सम्पर्कमा आउनेले भने मेडिकल मास्कनै लगाउनु पर्ने डब्लूएचओको भनाइ छ । धेरै देशहरुमा संक्रमणको कुनै लक्षण नदेखिएपनि भाइरस भने फैलिइरहे पछि मास्कको प्रयोग गर्न सुझाइएको हो ।

यद्यपी धेरै देशहरुले यसअघिनै मास्कको प्रयोगलाई अनिवार्य गरिसकेका छन् ।

तर डब्लूएचओले भने मास्कले रोग निको पार्ने नभइ संक्रमणको रवकथाममा मात्रै मास्क उपयोगी हुने कुरा भने बिर्सन नहुने बताएको छ । बीबीसी


ताजा खबर