भाइरस समाप्त भइ नसकेकाले नयाँ प्रकोपका लागि तयार रहन विश्व स्वास्थ्य संगठनको चेतावनी

विश्व स्वास्थ्य संगठनले विभिन्न देशले लकडाउन खुकुलो बनाएसँगै कोरोना भाइरस समाप्त भइ नसकेको ले नयाँ प्रकोपका लागि तयार हुन चेतावनी दिएको छ ।

डब्लुएचओका विश्वप्रतिनिधि डा. डेभिड नाबारले कोरोना भाइरसका लागि जारी गरिएका लकडाउन मापदण्डहरु खुला गरिएसँगै मानिसहरुको आवतजावत र सामाजिक दूरीको नियम उल्लंघन भएकोले नयाँ प्रकोपका लागि तयार हुनुपर्ने अवस्था सिर्जना भएको बताउनु भयो ।

उहाँले लकडाउन खुकुलो भएपनि मानिसहरुले भौतिक दूरी कायम गर्ने बानी पार्नुपर्ने र सजगता अपनाउन आवश्यक रहेको बताउनुभएको छ । त्यसैगरी कोही बिरामी मानिसहरु भएमा आफैंलाई आइसोलेट गर्न पनि डब्लुएचओले सुझाएको छ ।


ताजा खबर